बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक विद्यालयको १०१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले समाजको भ्रष्टाचारको जड भनेको स्वास्थ्य र शिक्षा सँग जोडिएर आउने हो । आफ्ना बालबालिकालाई महँगो र राम्रो स्थानका पढाउन चाहनु र स्वास्थ्यका लागि भौँतारिनु पर्दा पनि भ्रष्टाचार मौलाएको हो । यसको निराकरणका लागि बागमती प्रदेशले निःशुल्क शिक्षाका लागि काम गर्दै आएको बताउनुभएको थियो ।

भविष्य निर्धारण गर्ने भनेको कलम किताबले नै हो सोही कारण यसलाई निःशुल्क बनाउन हामी लागी परेका छौँ उहाँले भन्नुभयो ।

मन्त्री खड्गीले हाल सिक्दै कमाउँदै कार्यक्रम लागु गर्न लागेको समेत बताउनुभएको थियो । नेपाली विद्यार्थीलाई विदेशी न रोक्न पनि पढ्दै कमाउँदै कार्यक्रम थालनी गरिएको बताउनुभएको उहाँको भनाई थियो ।

ए बा ए आमा पैसा चाहियो भन्ने जमानाका विद्यार्थी अव छैनन् अव मैले आफैले कमाएर पढ्न सके हुन्थ्यो भन्ने छ । यसका लागि कार्यविधि समेत बनी सकेको उहाँले बताउनुभएको थियो ।

प्रादेशिक विश्व विद्यालयको लागि समेत काम गर्दै आएको उहाँले बताउनुभयो । चलायमान कलेजहरूमा नै यो लागु गरिने समेत उहाँले बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालय सुधार भए मात्र समाजमा पूर्ण शिक्षित हुने बताउनुभएको थियो । उहाँले सामुदायिक विद्यालयमा हामी आफ्नो र सामुदायिक विद्यालयका शिक्षकको नै भरोसा कम भएका कारण यस प्रति नकारात्मकता आएको बताउनुभएको थियो ।

उहाँले भक्तपुरका सामुदायिक विद्यालय अन्य जिल्लाका भन्दा अव्वल भएको बताउँदै यसलाई अझ निरन्तरता दिन सबै मिलेर लाग्नुपर्ने समेत बताउनुभएको थियो ।

कार्यक्रममा बागमती प्रदेशकी पूर्व राज्य मन्त्री रजनी जोन्छे अमात्य, विद्यालय व्यवस्थापन समितिका पूर्व सभापति तिलक प्रकाश कायस्थ, अनन्त धौभडेल लगायत विद्यालयका प्राचार्य राम हाडा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबु राजा जोशीले गर्नु भएको थियो ।

कार्यक्रममा लामो समय देखि विद्यालयमा अध्यापन गराउनुहुने शिक्षक शिक्षिका तथा कर्मचारीहरूको सम्मान समेत गरिएको थियो । यस्तै कार्यक्रममा विभिन्न शीर्षक अन्तर्गत प्रदान गरिँदै आएको छात्रवृत्ति समेत प्रदान गरिएको र उत्कृष्ट विद्यार्थीहरू खेलाडी तथा अन्यलाई सम्मान समेत गरिएको थियो ।

 

सन्जिब दुलाल

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

१० घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक