काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल कुश्लेगाउँ बस्ने २५ वर्षीय संजिव कुमार कटवाल आफनै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका-१३ कालिमाटी शालिकचोकस्थित सडक पेटीमा उदयपुर कटारी नगरपालिका-९ लिमकटार घर भएकी ४२ वर्षीया जानुका सुर्खेती शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्रस्थित कोशी नदीको भङ्गालोमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


