बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

आक्रामक र मुखर देखिने ट्रम्प सरकार र अबको अमेरिका

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
ऐतिहासिक राजनीतिक पुनरागमन गरे पछि आत्मबिश्वासले भरिएको जस्तो हाउभाउ गर्ने डोनाल्ड ट्रम्प अमेरिका  पहिलो अर्थात ‘अमेरिका फस्र्ट’ बनाउने योजनामा के कसरी र कत्तिको तल्लिन देखिने हुन् त्यो भोलिको हेर्दै जाने कुरा होला । अहिले आरम्भमा सर्सरी हेर्दा उनले बनाउने क्याबिनेटमा जस्ता ब्यक्तिहरु सहयोगीकोरुपमा चयन गरिरहेका छन्  त्यसले भावी अमेरिका बद्लिएकोरुपमा अगाडि आउने एकथरी बिश्लेषकहरुले औंल्याउन थालेका छन् । आशा र आकांक्षाले परिपूर्ण भनेर उनीहरुले मानिरहेका ट्रम्पलाई लिएर अनेकौं सन्देहरु पनि प्रबल किसिमले प्रकट भएका छन् । ट्रम्प आर्थिक सयोगमा आधारित रणनीतिक सहभागितालाई अमेरिकी जनताको पैसाको दुरुपयोग भएको मान्दछन् । अनि त्यसलाई अनाबश्यक ठान्दछन् । ट्रम्पले नाटोमा अमेरिकी सहगभागीतालाई पनि पुनर्बिचार गर्ने र केही अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि कम गर्ने राय समेत दिइसकेका छन् ।
डोनाल्ड ट्रम्पले आफ्नो क्याबिनेट गठन गर्ने क्रममा मार्क रुबियोलाई बिदेश मन्त्री बनाएका छन् । रुबियोले अमेरिका पहिलो –‘अमेरिका फस्र्ट’ भन्ने ट्रम्पको दृष्टिकोणकासाथ कतिपय बिश्व मञ्चहरुमा बोल्दा अमेरिकाले पुनःसम्मान हासिल गर्ने कुरा बोलिसकेका छन् । उनले चीन, इरान  र क्यूबा समेत अमेरिकी भू–राजनीतिक कथित दुश्मनहरुको सम्वन्धमा सशक्त बिदेश नीतिको वकालत गर्ने गर्दछन् । अहिले एकथरी भारतीय उनको भारतप्रतिको दृष्टिकोणलाई निकै सकारात्मक किन मान्दछन् भने अमेरिकी बिदेश नीतिमा निकै ठूलो परिबर्तन गरेर ट्रम्पले भारतलाई जापान, इजरायल,दक्षिण कोरिया र नाटोलाई दिए बराबरको समकक्षमा राख्ने कुरा उल्लेख गर्दछन् । अर्को के पनि औंल्याउँद छन् भने रुबियो पाकिस्तानको आतंकबादलाई बढावा दिने कोशिशका कारण पाकिस्तानलाई दिइने गरेको सुरक्षा सहायता रोक्ने पक्षमा रहेका छन् । रुबियो इजरायललाई दिइनेगरेको सहयोगलाई भने अझ बढाएर इरानलाई पाठ पढाउने कुराको हिमायती हुन् । यसको गम्भीर असर मध्यपूर्बमा देखिन सक्छ ।
ट्रम्पले अरकान्सस राज्यका पूर्ब गभर्नर माइक हकबीलाई इजरायलका लागि अमेरिकी राजदूतकारुपमा अगाडि सारेका छन् । उनी इजरायलका अत्यन्तै कट्टर समर्थका मानिन्छन् र इजरायलले कब्जा गरेको पश्चिम किनाराका इजरायली बस्तीको रक्षक पनि मानिन्छन् तर अधिकांश अन्तर्राष्ट्रिय समुदायले त्यसलाई अबैध र अन्यायपूर्ण मानिरहेका छन् । इस्लामिक संगठनका  साऊदी अरब, कतार र संयुक्त अरब इमिरेट्स(यूएई) र बेहरीन जस्ता अमेरिकाको रणनैतिक सहयोगी मानिएका देशहरुले इरानमाथि इजरायली हमलाको आलोचना  गरिसकेका छन् । तिनले इस्लामिक संगठनको सम्मेलनमा भनेका पनि थिए कि ट्रम्प प्रशासनसँग एउटा ब्यापक दृष्टिकोण राख्नुपर्ने आवश्यकता छ । प्रतिकृयाबादी किसिमका  र टुक्रा टुक्रा किसिमका नीतिबाट काम चल्दैन । यस प्रकारको स्थितिमा नया बिदेश मन्त्री तथा अमेरिकी राजदूत माइक हकबीका सामुमा मध्यपूर्बमा अमेरिकी हितको रक्षाका लागि सन्तुलन कायम गर्नु निकै ठूलो चूनौतिपूर्ण कार्य हुने देखिदैछ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा ट्रम्पले माइक वाल्ट्जमाथि बिश्वास र भरोसा गरेका छन् । तिनले अमेरिकाको नेशनल गार्डमा कर्नेलको रुपमा पनि काम गरिसकेको बताइएको छ । तिनले एशिया–प्रशान्त क्षेत्रमा चिनीयाँ गतिबिधिको आलोचना पनि गर्दै आएका हुन् । अनि त्यस क्षेत्रमा सम्भावित संघर्षका लागि अमेरिकालाई तयार रहनुपर्ने आवश्यकतामाथि पनि बिशेष जोड दिएका छन् । अमेरिकाको बैदेशिक नीतिको प्रतिनिधित्वमा पनि चीनको बिरोध नै देखा पर्दछ । कुरा स्पष्ट छ कि चीन र अमेरिकाका बीच प्रतिद्वन्द्वीता बढ्नुकासाथसाथै तनाव पनि अझ बढ्न सक्ने छ । चिन हङ्गकङ्गप्रतिको प्रतिकृयालाई लिएर चीन रुबियोसँग  पहिलेदेखि नै अप्रसन्न छ र उनीमाथि चीनले कयौं प्रतिबन्धहरु पनि लगाइराखेको छ ।
ट्रम्पले लाखौं लाख आप्रबसीहरुलाई लक्षित गरेर अहिलेसम्मकै सबैभन्दा ब्यापक निर्बासन प्रयास शुरु गर्ने त कसमै खाइसकेका छन् । आप्रबासनलाई रोक्नका लागि उनी कुनै पनि हदसम्म जान सक्ने कुरा उनले पटक पटक प्रकट गरिसकेका छन् । हेर्दा पनि उनले त्यसको जिम्मा क्रिष्टी नोएमलाई सुम्पिएका छन् । ट्रम्पले नोएमलाई उनको प्रशासनको गृह सुरक्षा सचिवको लागि मनोनयन गरेकाहुन् । उनी होम ल्याण्ड सुरक्षा बिभाग, सीमा सुरक्षा र आब्रजनदेखि लिएर  बिपद प्रतिकृया र अमेरिकी सेक्रेट सर्भिससम्म ती हरेक कुराका लागि जिम्मेवार रहनुपर्छ । होमान देशको सीमा प्रभारी हुने भनिएको छ । उनी अबैध आप्रबासीहरुलाई फिर्ता पठाउने कुरामा दृढ मानिन्छन् । आप्रबासनलाई लिएर अमेरिकी कडा नीतिहरुसँग उनको सम्वन्ध ल्याटिन अमेरिका, मध्य एशिया र भारतसँग अझ खराब हुनसक्छ । त्यसको असर भने अमेरिकी अर्थब्यवस्था र उसका रणनैतिक साझेदारहरुमाथि पनि पर्न सक्ने औंल्याइदैछ । सीआईए प्रमुखका रुपमा पूर्ब अमेरिकी गुप्तचर रहेका जान रेटिक्लफलाई ट्रम्पले रुचाएका छन् । उनी ट्रम्पका बफादार समर्थक पनि मानिन्छन् । अनि उनी गुप्तचर र राष्ट्रिय सुरक्षामा उनको कामका लागि चिनिएका खारिएका ब्यक्तिमा पनि गनिन्छन् । रेटिक्लफले गुप्तचरीका मामिलामा ट्रम्पको शीर्ष सल्लाहाकारको रुपमा काम पनि गरिसकेका छन् र ट्रम्पको एजेण्डालाई अघि बढाउने भूमिका निभाइसकेका छन् । उनले अमेरिकी निर्वाचनहरुमा बिदेशी हस्तक्षेपका प्रयासहरुको पनि उजागर गरेका हुन् । अनि उनी ईरान, चीन र रुसका प्रमुख आलोचकहरुमध्ये एक पनि हुन् । अमेरिका र यूरोपका बीच बढ्दो दूरी, रुस–यूक्रेन युद्ध अनि मध्यपूर्बमा अमेरिकी सैन्य अखडामाथि हमलाको आशंकाहरुका बीच रेिटक्लिफलाई अमेरिकाको गुप्तचर परिदृष्यलाई आकार दिनमा महत्वपूर्ण भूमिका निर्बहन गर्नसक्ने मानिएको छ । ट्रम्पले सांसद तुलसी गबार्डलाई नेशनल इण्टेलिजेन्सको डाईरेक्टरको रुपमा अघि सारेका छन् । त्यस बिभागले अमेरिकामा सम्पूर्ण गुप्तचर एजेन्सीहरुको काम कारबाही हेर्ने गर्दछ । गबार्ड पाकिस्तानको आलोचक पनि रहेकी हुन् । ट्रम्पले चुनाब प्रचारका बेला बंगलादेशमा अल्पसंख्यमाथि अत्याचारको निकै आलोचना पनि गरेका थिए । यसैले पनि तुलसी गबार्ड बंगलादेशकाप्रति निकै कडा हुन सक्ने देखिन्छ । अनि त्यसको फाइदा अपदस्त सरकार प्रमुख शेख हसिनालाई हुन पनि सक्ने अडकल काटिदैछ ।
अनि ट्रम्पले अमेरिकी प्रशासनिक ब्यबस्थामाथि बलियो पकड जमाउने जिम्मेवारी एलन मस्क र बिवेक रामास्वामीलाई सुम्पिएका छन् । रामास्वामीले एफबीआईको आलोचना गर्दै आएका हुन् । अमेरिकामा संघीय एजेन्सीहरुलाई परिबर्तन गर्ने कोशिश काग्रेसमा ब्यापक आलोचनाको कारण या बिबादको बिषय पनि बन्नसक्छ ।अनि यो सीआईका लागि पनि स्वीकार्य न होला । ट्रम्पका नीतिहरु र मनशायप्रति त्यहाँका गुप्तचर एजेन्सीहरुले पहिले नै पनि प्रश्न उठाइसकेका हुन् । त्यसबाट अमेरिका अभूतपूर्ब संकट र टक्कर बढ्न पनि सक्छ ।
हुन त अमेरिकामा क्याबिनेट या मन्त्रिमण्डलको स्थिति बिश्वका अन्य शासन ब्यबस्थाभन्दा अत्यन्तै भिन्न र खाश प्रकारको मानिन्छ । बिश्वको त्यो सबैभन्दा शक्तिाशाली देशमा मन्त्रिमण्डलका सदस्यहरु संसदका कुनै पनि सदनको सदस्य हुँदैनन् न सदनप्रति उत्तरदायी नै हुन्छन् । तिनीहरु केवल राष्ट्रपतिप्रति उत्तरदायी हुन्छन् ।यसैले स्पष्ट छ कि यो क्याबिनेट ट्रम्पका लागि त सहज होला तर ट्रम्प स्वयं र तिका मन्त्रिमण्डलका सदस्यहरुको आक्रामकताले भरिपूर्ण राजनीतिक समूहका कारण अमेरिकाको भबिष्य भने अनेक प्रश्नहरुको घेराबन्दीमैं छ । यी सबै परिप्रेक्षले स्थिति बरु अझ असहज नै हुने देखिन्छ ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक