बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिले सरकार चलाइरहेका नेताहरुबाट देश विकास हुन नसक्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अहिले सरकार चलाइरहेका नेताहरुबाट देश विकास हुन नसक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

डोटी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सरकार चलाइरहेका दल र नेताहरुबाट देश विकास हुन नसक्ने जनाएका छन् ।

बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा उनले अहिले सरकारमा र विपक्षमा रहेका दलहरुबाट देश विकास हुन्छ भन्ने विश्वास नभएको जनाए ।

‘केपी ओलीले अब कति वर्ष चलाइराख्न पाए भने यो देश बन्छ होला त, तपाईको सुखको दिन आउछन् होला त, हाम्रा युवाहरुले यही देशभित्र गरिखाने वातावरण बन्छ होला त ?, शेरबहादुर देउवालाई छैटौं–सातौं कति पटक प्रधानमन्त्री बनाइदिए यो देश बन्ला ? वा प्रचण्डलाई फेरि फर्काइदिए बन्छ होला’, लिङ्देनले प्रश्न गरे ।

कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुमा पनि देश बनाउन सक्ने अनुहार नदेखिएको उनले बताए । ‘कांग्रेस, एमाले र माओवादीको परपरसम्म हेर्नुस्, यीनीहरुका कुन चाहिँ मान्छेलाई प्रधानमन्त्री बनायो भने यो देश बन्छ होला ?’, उनले प्रश्न गरे ।

कांग्रेस, एमाले र माओवादीलाई समय दिनु भनेको भावी सन्ततिको पनि भविष्य बर्बाद हुने उनले बताए । ‘हामीले निर्णय गर्ने बेला भयो, हामीले मत परिवर्तन गर्नुपर्ने बेला भयो’, अध्यक्ष लिङ्देनले भने ।

उनले अगाडि भने, ‘थाकेको बेइमान र भ्रष्ट नेतृत्व बोकेर तपाईले आफ्नो सुखी जीवन देख्न पाउनुहुन्न ।’

अध्यक्ष लिङ्देनले केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्ने गरेको बताए । अहिले नै सरकारको ऋण २५ खर्ब नाघेको भन्दै उनले एक जना नेपालीको भागमा झण्डै एक लाख पुग्न लागेको जनाए ।

‘केपी शर्मा ओली सरकारमा आएपछि सार्वजनिक ऋण बढ्छ, उनलाई केही गरेर देखाउनुपर्ने हुन्छ, अनि ऋण लिऔं न त भन्छन्, अहिले यो सरकार आएपछि २ खर्ब ऋण लिइसके’, उनले भने ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

९ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक