बिहि, मंसिर ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब सात लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन अनुसार अनुसार यदि यो समस्याको सुधारका उपायहरू नअपनाएमा यो सङ्ख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति एक सय ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी विज्ञप्ति निकाल्दै प्रतिजैविक प्रतिरोधको समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरण क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

यसका लागि एक स्वास्थ्य अवधारणालाई आत्मसात् गर्दै प्रतिजैविक औषधीको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने उहाँको ठहर छ । उहाँले भन्नुभयो, “यो समस्याको समाधानका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरण क्षेत्रको सामूहिक प्रयास अपरिहार्य छ। यसका लागि एक स्वास्थ्य अवधारणालाई आत्मसात् गर्दै प्रतिजैविक औषधीको उचित प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।”

डा. बुढाथोकीका अनुसार सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीहरू, विशेष गरी एन्टिबायोटिक्स, प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध हो । यस समस्याले रोगको उपचार कठिन बनाउनुका साथै मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्‍याइरहेको उहाँको भनाइ छ ।

प्रतिजैविक औषधी त्यस्तो औषधीकोहरुको समूह हो जसले कीटाणुका कारण लाग्ने रोगको रोकथाम तथा उपचार गर्छ ।

प्रतिजैविक प्रतिरोधबारे सचेतना फैलाउन र रोकथामका उपायहरू प्रोत्साहित गर्न हरेक वर्ष नोभेम्बर १८ देखि २४ का बिचमा विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह मनाइन्छ ।  यस वर्ष पनि “प्रतिजैविक प्रतिरोध बुझौँ, बुझाऔँ, आजैबाट रोकथाम जुटौँ” भन्ने नाराका साथ आजबाट सुरु भएको छ ।

बुढाथोकीले सप्ताह सफलताका साथ मनाउन आग्रह गर्नुभएको छ । औषधीको उचित प्रयोग, जनचेतना र रोकथामका उपायहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउनु हुन सबै सरोकारवालालाई आफ्नो क्षेत्रबाट योगदान दिन मन्त्रालयले अपिल गरेको छ ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

८ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक