काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा एक वडाध्यक्षले तोडफोड गरेका छन् ।
वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् ।
‘उपमेयर शाक्यले वडाध्यक्षले माफी माग्नुपर्छ भनेर फुटेको टेबुल पनि उठाइएको छैन’, ती कर्मचारीले भने ।
‘प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुको बैठक राख्नुभएको थियो । त्यही बेला ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरुले लिएर नगरपालिका आउनुभएको थियो । त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो । मसहित अरु जनप्रतिनिधि सँगै थियौं । उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनु भयो’, उनले भनिन् ।
कार्यवाहक मेयर शाक्यले कुनै विषयमा चित्त नबुझ्दैमा जनप्रतिनिधिले उच्छृङ्खल व्यवहार देखाउनु उचित नहुने जनाइन् ।


