बुध, कार्तिक २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइपिएल अक्शनका लागि बिसीसीआइले ५ सय ७४ खेलाडीको फाइनल लिस्ट जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइपिएल अक्शनका लागि बिसीसीआइले ५ सय ७४ खेलाडीको फाइनल लिस्ट जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अक्शनका लागि बिसीसीआइले ५ सय ७४ खेलाडीको फाइनल लिस्ट जारी गरेको छ। जसमा ३ सय ६६ भारतीय खेलाडी रहँदा २ सय ८ जना विदेशी खेलाडीले अक्शनमा स्थान पक्का गरेका छन्। जसमा एसोसिएटेड देशका केवल ३ खेलाडीले मात्र आइपिएलको फाइनल अक्शनका लागि स्थान बनाए।

अक्शनका लागि ८१ खेलाडीको बेस प्राइस २ करोड रहेको छ। अक्शन लिस्टमा चर्चित इंग्लिस खेलाडी जोफ्रा आर्चर तथा अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रिन अटाउन सकेनन्। अक्शन २४ र २५ नोभेम्बर मा साउदी अरेबियाको जेद्दाह शहरमा हुने कार्यतालिका रहेको छ।

अक्शनका लागि भने एसोसिएट देशका ३ खेलाडीले स्थान बनाए। एसोसिएटका तीन क्रिकेटरमा अमेरिकाबाट अलि खान र उन्मुक्त चन्द तथा स्कटल्याण्डका ब्रान्डन मक्मेलन रहेका छन् । नेपालका भने कुनैपनि खेलाडीले यो पटक आइपिएल अक्शनका लागि नामनै दर्ता गरेका थिएनन्।

१० टिममा २ सय ४ खेलाडीको स्थान खाली

१० टिममा कुल २ सय ४ खेलाडीको स्थान खाली रहेको छ। जसमा ७० विदेशी खेलाडीलाई खरिद गर्न सकिने छ। अक्शनमा बिहारका १३ वर्षीय वैभव सूर्यवंशी सर्वाधिक युवा खेलाडीको रुपमा अक्शन लिस्टमा पर्दा इंग्ल्यान्डका ४२ वर्षीय जेम्स एन्डरसन सर्वाधिक पाका खेलाडीका रुपमा अक्शन लिस्टमा समावेश छन्। जेम्सले आफ्नो बेस प्राइस १.२५ करोड राखेका छन्।

आइपिएलको मेघा अक्शन २४ नोभेम्बर को दिउँसो ३ बजे शुरु हुने छ। अर्को दिन पनि अक्शन सोही समयमा सुरु हुने छ। ५ सय ७४ मध्ये २ सय ४४ खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् भने बाँकी ३ सय ३० खेलाडी ‘अनक्याप्ड’ रहेका छन्। क्याप्ड खेलाडीमा भारतका ४८ जना रहँदा १ सय ९३ विदेशी खेलाडी छन्। त्यस्तै ३ एसोसिएट देशका खेलाडी रहेका छन्। ‘अनक्याप्ड’ खेलाडीमा ३ सय १८ जना विदेशी र १२ खेलाडी स्वदेशी रहेका छन्।

२-२ करोड बेस प्राइस तर अक्शन लिस्टमै परेनन् यी खेलाडी

चर्चित स्टार खेलाडी आर्चर र ग्रीनले २-२ करोड बेस प्राइसमा नाम दर्ता गरेपनि फाइनल लिस्टमा उनीहरु अटाउन सकेनन्। २ करोड बेसप्राइसमा यो पटक ८१ खेलाडी रहेका छन्।

अनक्याप्ड खेलाडीको बेस प्राइस ३० लाख राखिएको छ। जसमा ३ सय २० खेलाडी रहेका छन्। त्यस्तै १.५० करोड बेस प्राइसमा २७ खेलाडी रहँदा १.२५ करोड बेस प्रायट्ठमा १८ खेलाडी रहेका छन्। त्यस्तै १ करोडको बेस प्राइसमा २३ खेलाडी रहेका छन्। त्यस्तै ७५ लाखमा ९२ र ५० लाखमा ८ खेलाडी रहेका छन्। अक्शनका लागि ४० लाख बेस प्राइस ५ खेलाडीले तोक्दा ३० लाखमा ३ सय २० खेलाडी रहेका छन्।

१० टिमले ४६ खेलाडी रिटेन गरे

आइपिएल मेगा अक्शन हरेक ३ वर्षमा एकपटक हुने गरेको छ। जसका लागि यो पटक टिमले धेरैमा ६ खेलाडीलाई रिटेन गर्न सक्थे। ३१ अक्टोबरसम्म रिटेन गर्ने अन्तिम मिति रहेको थियो। जसमा १० टिमले ४६ खेलाडीलाई रिटेन गरे। पञ्जाब किंग्सले २ खेलाडी रिटेन गर्दा राजस्थान र कोलकाताले सर्वाधिक धेरै ६- ६ खेलाडी रिटेन गरे।

सर्वाधिक धेरै रकम पञ्जाबसँग

२ खेलाडीमात्र रिटेन गरेको पञ्जाबसँग यो पटकको अक्शनमा सर्वाधिक रकम रहेको छ। पञ्जाबसँग ११०.५० करोड रुपैंया रहँदा त्यसपछि बैंगलोरसँग ८३ करोड रहेको छ।

त्यस्तै राजस्थानसँग ४१ करोड रुपैंया रहेको छ। हैदराबाद र मुम्बईसँग समा ४५ करोड, कोलकातासँग ५१ करोड, चेन्नईसँग ५५ करोड, गुजरात र लखनउसँग समान ६९ करोड रहँदा दिल्लीसँग ७३ करोड रहेको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

२ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज नेवार समुदायमा म्हपूजा

नेकपा एमाले संसदीय दलको बैठक शुरू

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक