शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

रवि लामिछानेको हिरासत बसाइँ लम्ब्याउने कसरत

संसदीय समितिको सिफारिस एकातिर कारबाही अर्कैतिर, संगठित अपराध र सम्पत्तितर्फ म्याद किन थपियो ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रवि लामिछानेको हिरासत बसाइँ लम्ब्याउने कसरत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सहकारी ठगीमा प्रत्यक्ष भूमिका नदेखिएका रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्ब्याउने कसरतमा सरकार देखिएको छ । संसदीय छानबिन विशेष समितिले उल्लेख नै नगरेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा पनि अनुसन्धानका लागि भन्दै अदालतबाट म्याद थपेर लामिछानेलाई हिरासतमा राखिराख्ने प्रयासमा सरकार लागेको हो ।

गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासत हुँदै अहिले बुटवल पुगेका छन् । उनलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा बयानका लागि त्यहाँ लगिएको हो । केही दिनको बयानपछि उनलाई पुनः पोखरा नै ल्याइनेछ । कास्कीमा लामिछानेविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान थालेको छ । जब कि सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने जोडिएको मात्र उल्लेख गरेको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.बाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । यी सहकारीका संस्थापक तथा सञ्चालक जीबी राई हुन्, जो अहिले पनि फरार छन् । उनलाई पक्राउ गर्न सरकारले कुनै तदारुकता देखाएको छैन । तर, लामिछानेविरुद्ध भने असम्बन्धित मुद्दाहरु पनि लगाएर सरकारले हिरासत बसाइँ लम्ब्याउने कसरत गरेको हो ।

तर, रास्वपा र सहकारीपीडितको आन्दोलन भने अझै रोकिएको छैन । रास्वपाले आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको दाबी गर्दै निरन्तर आन्दोलन गरिरहेको छ । अर्कोतर्फ, सहकारी पीडितले पनि आफ्नो बचत फिर्ता माग्दै आन्दोलन गर्दै आएका छन् । लामिछाने पक्राउ जस्ता सरकार पछिल्ला गतिविधिले आफ्नो रकम फिर्ता हुने सुनिश्चित नभएकाले वास्तविक दोषीलाई पक्राउ गर्न र बचत फिर्ता गर्न उनीहरुले माग गर्दै आएका छन् ।

सहकारी ऐन, २०७४ को दफा १२२ को (क) देखि (थ) सम्मका गतिविधि गरे कसुर मानिने व्यवस्था छ । ती कसुरमा उपदफा (१२४) अनुसार सजाय हुन्छ । लामिछानेबाट सहकारी ऐनको दफा १२२ अनुसारको कसुर नै भएको छैन भन्ने तथ्य संसदीय छानबिन विशेष समितिले नै प्रष्ट पारिसकेको छ । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा निष्कर्षअन्तर्गत ‘सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रालिमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सो को परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ’ भनिएको छ । यसले उनको संलग्नता सहकारीबाट रकम ल्याउन होइन, ल्याइएको रकम खर्च गर्ने प्रक्रियामा मात्र भन्ने स्पष्ट पारेको छ ।

अर्कोतर्फ संगठित अपराधमा अनुसन्धान पनि लामिछानेविरुद्ध पुष्टि नहुने अर्को प्रतिशोधपूर्ण अनुसन्धान देखिन्छ । कुनै पनि समूह स्थापित गरी अपराध गरिन्छ वा अपराध गर्नकै निम्ति आपराधिक समूह स्थापित गरिएको अवस्थामा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुन्छ । साथै, संगठित अपराध आफैंमा अपराध होइन यो अपराधको प्रकृति हो र अन्य अपराधसँग जोडिएर आउँछ । संगठित अपराध निवारण ऐन, २०७० ले ‘कसैले आपराधिक समूहको लाभको लागि आपराधिक समूहको निर्देशनमा, अपराधिक समूहको तर्फबाट, अपराधिक समूहकोसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भइ जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने छ’ भनी परिभाषित गरेको छ । तीन वा तीनभन्दा बढी व्यक्तिको समूह भई अपराध गर्नको लागि संगठन खोली, आपराधिक समूहको लागि योजनाबद्ध ढंगबाट, इच्छित परिणामको जानकारी राखी आर्थिक लाभसमेत लिई, निरन्तर रुपमा एकपछि अर्को श्रृंखलावद्ध आपराधिक कार्य कुनै समूहबाट हुन्छ भने त्यस्तो अवस्थामा संगठित अपराधसम्बन्धी कानून आकर्षित हुन्छ । लामिछाने एउटै समूहमा आबद्ध भई एकपछि अर्को अपराध गरेका व्यक्ति होइनन्, जसका कारण उनीमाथि संगठित अपराधमा अभियोजन गर्न खोज्नु पूर्वाग्रह देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको बढ्दो प्रभाव रोक्न सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । गत शनिबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई सहकारी प्रकरणमा न्यायिक हिरासतमा राखिनुलाई प्रतिशोधको निकृष्ट कृत्य ठहर गरेको हो । ‘सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको भत्र्सना गर्दछ । यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,’ रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनमा लामिछानेको संलग्नता नदेखिएको उल्लेख गरेकोमा छानबिन र पीडितलाई न्याय दिने उद्देश्य नभई नवीन विचार र आवाजलाई दबाउन उद्यत रहेको र नयाँ दलको प्रभाव कम गर्ने उद्देश्य राखेर सरकारले यस्तो कदम चालेको आरोप लगाएको छ । ‘संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ,’ रास्वपाले भनेको छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

४ दिन अगाडि
महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक