बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अपराध अनुसन्धानमा फरेन्सिक ल्याबको महत्व कति ? 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१० घण्टा अगाडि
-जानकी पाण्डे,
विश्वभर नै अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढ्दो छ । विभिन्न देशका सेना, प्रहरीलगायतका सुरक्षाकर्मीले प्रविधिको प्रयोगलाई बढावा दिएका छन् । तर नेपालमा भने सरकार तथा सांसदहरु नै अपराध अनुसन्धानमा प्रविधिको प्रयोगलाई बढाउनुको साटो झन् आवश्यक छैन भन्ने सोचाइबाट ग्रस्त देखिन्छ । विशेषगरी नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा अन्य निकायभन्दा बढी जिम्मेवारी छ । प्रहरीले आफूसँग भएको प्रविधिबाट राम्रो काम पनि गरिरहेको छ । तर प्रहरीलाई अझै स्रोतसाधन र प्रविधिसम्पन्न नबनाउँदा अनुसन्धानमा ढिलाइ, अपराधसम्बन्धी फरेन्सिक जाँचहरुमा रिपोर्ट आउन ढिलाइ हुने र त्यसले प्रहरी कारबाहीमा नै असर पर्ने गरेका उदाहरण पनि छन् । प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धानकारी निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायका लागि प्रविधि अत्यावश्यक छ । तर अख्तियारसम्बन्धी विधेयकमा छलफलको क्रममा सांसदले नै आयोगले फरेन्सिक प्रयोगशाला बनाउन नहुने भएकाले फरेन्सिक ल्याब आवश्यक नभएको बताएका छन् । सांसद ध्रुवबहादुर प्रधानले राज्यव्यवस्था समितिमा फरेन्सिक ल्याब अटोनोमस हुने बताएका हुन् । यसरी अनुसन्धानकारी निकायलाई प्रविधिसम्पन्न बनाउन आलटाल गर्ने हो भने अनियमितता, भ्रष्टाचारजस्ता गतिविधिमा संलग्नको झन् मनोबल बढ्ने छ । अपराध अनुसन्धानमा फरेन्सिक ल्याब कति प्रभावकारी छ भन्ने नेपाल प्रहरीका विभिन्न रिपोर्ट हेर्दा नै स्पष्ट हुन्छ । प्रमाणप्रधान अपराध अनुसन्धानमा नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ सहयोगीसिद्ध भएको छ । डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरी तथ्यांक छ । त्यस्तो ल्याब स्थापनादेखि हालसम्म हजारौं मुद्दाका सबुद परीक्षण प्रहरीले गरिसकेको छ । प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ ।आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो । नेपालमा अपराध अनुसन्धानका क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ । प्रहरीको ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ । अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् । सरकारले केही वर्षअघि हरेक प्रदेशमा अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने विधिविज्ञान प्रयोगशाला ‘फरेन्सिक ल्याब’ स्थापना गर्ने निर्णय त गरेको छ तर हालसम्म कार्यान्वयन हुन नसकेको छ । मुलुक संघीय संरचनामा गएसँगै सरकारले अपराध अनुसन्धानलाई प्रदेशस्तरमै प्रभावकारी बनाउन त्यस्तो व्यवस्था गर्न लागिएको हो । फरेन्सिक ल्याबलाई केन्द्रीय अध्ययन केन्द्रका रुपमा रुपान्तरण गरि विधि विज्ञान प्रयोगशालालाई हरेक प्रदेशमा पु¥याउने लक्ष्य छ ।

यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न आवश्यक छ । पछिल्लो समय साइबर फरेन्सिकको पनि चर्चा छ । यो डिजिटल प्रमाणहरूको खोज, विश्लेषणर पुनःप्राप्ति गर्ने विधि हो, जसले साइबर अपराध अनुसन्धान र कानूनी कारबाहीलाई सहयोग पु¥याउँछ । यसमा कम्प्युटर, स्मार्टफोन, नेट्वर्क, र अन्य डिजिटल उपकरणहरूमा भएका डाटा र गतिविधिहरूको गहिरो अध्ययन गरेर प्रमाणहरू निकालिन्छ । यसको मुख्य उद्देश्य भनेको साइबर अपराधको स्रोत पत्ता लगाउने, अपराधीको पहिचान र अदालतमा प्रयोग गर्न सकिने प्रमाणहरू संकलन गर्नु हो । साइबर फरेन्सिकले ह्याकिङ, फिसिङ, मालवेयर आक्रमण, ठगी, गोपनीयता उल्लंघन जस्ता मुद्दाहरूमा महत्वपूर्ण भूमिका खेल्छ । यस्ता नयाँ प्रविधिलाई राज्यका प्रमुख निकायमा भएका अधिकारीले बुझ्न आवश्यक छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्नु राज्यको प्रमुख कार्य हो । सोहीअनुरूप राज्यका विभिन्न अंग परिचालित हुन्छ । अहिलेको यो समाजलाई विभिन्न आधुनिक प्रविधिले आकर्षित गरेको छ जसले गर्दा समाजका हरेक व्यक्तिको दैनिकीमा गति आएको छ । हो, अपराध पनि यसै समाजका व्यक्तिबाट हुन्छ र ती अपराधीलाई यी प्रविधि पनि सहयोगी भइदिएको छ । अतः यी समाजका गलत मानसिकता भएका अपराधीले प्रयोग गर्ने मोबाइल, कम्प्युटर जस्ता उपकरणमा रहेको सूचनाहरुको अध्ययन÷अनुसन्धान गर्ने हो भने वास्तविक अपराधी, अपराधको कारकलगायत विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । सिडिआरलाई लिएर गरिने अनुसन्धान यसको एक उदाहरण हो तर यो पर्याप्त भने होइन । यस्ता थुप्रै प्रविधि आइसकेका छन्, जसलाई उपयोग गरेर अपराध अनुसन्धान प्रभावकारी बनाउन सकिन्छ । राज्यले यी विषयमा ध्यान पु¥याउन आवश्यक छ । जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक