काठमाडौं । धनुषा, मिथिला नगरपालिका-९ नयाँबस्ती बस्ने ५५ वर्षीय तेजनारायण विश्वकर्माको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित काली मन्दिर सामुदायिक वनमा रूखको हाँगा काट्ने क्रममा विद्युतको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ बसन्तपुर बस्ने ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । विद्युतीय मोटर चलाई हात धुने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


