बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय परिचयपत्र लिन नआउँदा व्यवस्थापनमा सकस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
राष्ट्रिय परिचयपत्र लिन नआउँदा व्यवस्थापनमा सकस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तनहुँ । राष्ट्रिय परिचयपत्र लिन नआउँदा जिल्ला प्रशासन कार्यालय तनहुँलाई व्यवस्थापनमा सकस भएको छ। अधिकांशले लिन नआउँदा सङ्ख्या बढीरहेकोले थन्काएर राख्न कठिन भएको हो।

तयार भएका राष्ट्रिय परिचयपत्र अधिकांशले लिन नआएकोले व्यवस्थापन गर्न झन्झट भएको राष्ट्रिय परिचयपत्र शाखाका कम्युटर अपरेटर प्रताप पण्डितले जनाउनुभयो।

परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै आउनुपर्ने भएकोले अधिकांशले नलगेको उहाँले बताउनुभयो। धेरै युवा विदेशमा रहेकाले लिन नआएको उहाँ बताउनुहुन्छ। परिचयपत्र लिन आउँदा पनि फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने पण्डितले जनाउनुभयो।

परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट जानकारी हुन्छ। पण्डितले भन्नुभयो, ‘राष्ट्रिय परिचयपत्र लिन आउन स्वयम् व्यक्ति नै आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ फारम भरेका अधिकांश विदेश गइसकेकाले पनि परिचयपत्र त्यसै थन्किएका छन्।’’

राष्ट्रिय परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरेको कार्यालयले जनाएको छ।  दर्ता सहयोगी जमुना श्रेष्ठका अनुसार चालिस हजार बढी राष्ट्रिय परिचयपत्र लिन आएका छैनन्।

उहाँका अनुसार तयारी राष्ट्रिय परिचयपत्र लिनका लागि दिनमा  २५देखि ३० जना आउने गरेका छन्। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार सात सय एक जनाले नयाँ दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले राष्ट्रिय परिचयपत्र लगेका छन्। २०७६ सालमा बनाएका पनि अधिकांश लिन नआएको उहाँले जानकारी दिनुभयो। कार्यालयमा रहेको दुई वटै दराज परिचयपत्रले भनिएको श्रेष्ठले जनाउनुभयो।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

५ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक