बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
उपराष्ट्रपतिको निर्वाचनको सबै तयारी पुरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित भएका छन्। प्रमुख दलहरू आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको तयारीमा जुटेका हुन्। दलहरूका तर्फबाट उपनिर्वाचनका लागि केन्द्रबाट नेताहरू परिचालन हुन थालेका छन्। साथै केही दलले उम्मेदवार पनि तोकिसकेका छन्।

निर्वाचन आयोगले यसअघिनिर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। मंसिर १६ मा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी ४४ रिक्त भएका पदमा उपनिर्वाचन हुँदैछ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न शनिबार सचिवालय बैठक डाकेको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा डाकिएको बैठकमा स्थानीय उपनिर्वाचन तयारीबारे छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।

प्रचार विभागका अनुसार नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले टुंग्याउनेछ। महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले जनाए ।

नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा नेताहरूलाई जिम्मेवारी दिएको छ। कांग्रेसका सम्बन्धित तहबाट उम्मेदवार सिफारिस गर्ने क्रम सुरु भइसकेको छ।

बुधबार बसेको बैठकले सहमहामन्त्रीलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोकिएको छ। सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी, महेन्द्र यादवलाई मधेश, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ।

केन्द्रीय सदस्य एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। केन्द्रीय सदस्य पुष्पा भुसाललाई लुम्बिनी प्रदेश समन्वयको अतिरिक्त निर्वाचन आयोगसँग समन्वयको जिम्मेवारी तोकिएको छ।पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यलाई स्थानीय तह समन्वयको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको कांग्रेसले जनाएको छ।

नेकपा माओवादी केन्द्रले आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह उपनिर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको छ। केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोकेको हो।

पार्टीले जारी गरेको विज्ञप्तिअनुसार कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की बागमतीमा शिशिर खनाल र गण्डकीमा विन्दवासिनी कंसाकार खटिने भएका छन्। यसैगरी लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठ लाई जिम्मेवारी तोकिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

५ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक