बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महान् अक्टोबर समाजवादी क्रान्ति र शोषण उत्पीडनबाट मुक्ति

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

-लोकनारायण सुवेदी

यतिबेला बिश्वभरी नै बैज्ञानिक समाजवादमा बिश्वास राख्ने र त्यसको लागि संघर्षरत जन समुदायले महान अक्टोबर समाजबादी क्रान्तिको १०७औं बार्षिकोत्सब मनाइरहेका छन् । हुन पनि त्ये रुसी क्रान्तिकारी मार्क्सबादी चिन्तक तथा नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा बिश्वलाई नै नयाँ मोड दिने र अपूर्व प्रभाव पार्ने अनि बिश्व मानब इतिहासमा यस पूर्वका सबै पूर्बवर्ति क्रान्तिहरुभन्दा गुणात्मकरुपले नै अत्यन्तै भिन्न र उन्नत स्तरको गम्भीर, गहन र गहिरो प्रभाव पार्ने क्रान्ति थियो र हो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित बर्ग र समुदायका पददलित — मजदुर किसान र समाजका अरु उत्पीडित समुदाय र क्षेत्रका जनताको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानब समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनै स्थिति नै नरहेको बिल्कुलै नयाँ समाजको निर्माण गरेको थियो । स्पष्टतः एउटा ‘शोषण मुक्त मानब समाज’ ! त्यसैले यो क्रान्ति पूवबर्ती क्रान्तिहरुभन्दा उच्च चरणको भिन्न र महान क्रान्ति भएको हो । रुस र बाँकी बिश्वलाई नै अपूर्व नयाँ सन्देश, उत्साह र ऊर्जा प्रदान गर्ने समाजबादी सोभियत संघ नामको एउटा नयाँ समाज स्थापना गरेको थियो र बिश्वमा पहिलो पटक शोाषित पीडित जनताको पहल र प्रयत्नमा एउटा छुट्टै र आफ्नै बिल्कुलै नयाँ शोषित पीडित बर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।

त्यतिबेला रुसमा एकदमै निरंकुश राजतन्त्रको शासन थियो र त्यसलाई जारशाही भनिन्थ्यो । जमिन्दार बर्गको त्यो जार साम्राज्यले त्यस बेलाको मध्य एयिशासम्मै ढाकेको थियो । त्यतिबेलाको तथ्यांक अनुसार रुसमा क्रान्तिपूर्वका सबैभन्दा पछिल्लो जार शासकको अधिनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो देशको जमिनमाथि स्वामित्व रहेको र २८,००० ठूला जमिन्दारहरु रहेको कुरा इतिहासमा अंकित छ । ती सबैको मिलाएर ठूला साना सबै जमिन्दारहरुको स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार एकड जमिन रहेको उल्लेख छ । यस्तो पुरानो सामन्ती स्थितिकासाथै औद्योगिक र खानीको क्षेत्रमा प्रबेश भएको ठूलो पूँजीबादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्ध सामन्ती जमिन्दारी प्रणालीको रुपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पूँजीवादको बिकास तीब्ररुपमा हुदै गएको थियो तर यूरोपका अरु देशहरुसँग यसको तुलना गर्दा त्यतिबेला पनि रुस मूलतः पिछडिएको अबस्थाबाटै गुजिरहेको थियो ।

यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो बिश्व युद्ध(१९१४–१८) सामेल भएको थियो । बिश्वलाई आफ्ना आफ्नो स्वार्थ अनुकूल बिभाजन गर्ने त्यो एउटा बिश्वमा घटित पहिलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका श्रोत सानधहरुमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । यस क्रममा जारशाहीले रुसका लाखौ लाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती रुसी सेनामा भरना हुन र युद्धको अग्रिम मोर्चामा खडा भएर लड्न बाध्य तुल्याइरहेको थियो । त्यस क्रममा हजारौं हजार रुसी सीपाहीहरुले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरीब तप्काका पनि सबैभन्दा गरीब किसानहरु भने रुसी जमिन्दारका दास जस्तै मात्र थिए र प्रायः तिनले सधैजसो मालिकको कोर्रा खाने गर्दथे ।

यस्तो युद्ध र दासताको अन्त्यन्तै पीडादायक स्थितिमा रुसमा ब्यापक जन असन्तोष फैलिरहेको थियो । यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खाशगरी रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका बिरुद्ध जन बिद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही नेतृत्व ग¥यो । त्यो आम जन बिद्रोहले फेब्रुअरी १९१७ मा ठूलो क्रान्तिको रुप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो अनि त्यसको स्थानमा पूँजीवादको प्रभुत्व भएको सरकार आयो । फेब्रुअरी  क्रान्ति पछि सत्तामा पुगेको शक्तिले जारशाही सत्ताको प्रतिकृयावादी तप्कासँग सम्झौताको नीति लियो र ठूला पूजीपति बर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा त्यो सरकारकाप्रति पनि जन असन्तोष तीब्ररुपले बढ्दै गयो, खाशगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो सरकार धेरै नै अप्रिय बन्न पुग्यो । यद्यपि त्यो फेब्रुअरी क्रान्तिको दौरानमा लोकप्रिय शक्तिकोरुपमा जनताका नयाँ पद्धतिहरु जस्तै सोभियतहरु – मजदुर,किसान र सैनिकहरुका सोभियतहरु – लाई एउटा शसक्त शक्तिको बिकासको पहलकोरुपमा अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख शहरहरु र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।

बोल्शेभिक पार्टी(जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिष्ट पार्टीको रुपमा प्रकट भयो)ले श्रमजीवी जनता र सेनाका बिभिन्न टुकुडीहरुका बीचमा बनेका सोभियतहरुबाट बढ्दो मात्रामा ठूलो समर्थन पाउदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो संक्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठूलो असन्तोषलाई झेल्नु परेको थियो । राजधानी पेत्रोग्राद र मास्को जस्ता शहरहरुमा सर्बहारा बर्गले आफ्नै सोभियतहरु खडा गरेका थिए, सैनिकहरुले सरकारको साथ दिन छोड्र्दै बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्र भरीनै त्यतिबेला ग्रामीण किसान र कृषि मजदूरहरुले जमिन्दार र तानाशाहरुको जमिन आफ्नो हातमा लिन शुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिहरुले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररुपमा उठाइरहेका थिए । त्यस स्थितिलाई कुशलतापूर्वक नियालिरहेका निपूण र कुशल मार्क्सबादी नेता लेनिनले सेनालाई सेनाको बर्दीमा यो किसानहरुकै जमात हो भनेर प्रष्ट दर्शाएका थिए ।

बिकसित भएको ठिक यस्तो बस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ठोस परिस्थितिको एकदमै ठोस बिश्लेषण गर्दै देश बुर्जआ क्रान्तिको पहिलो चरणबाट दोश्रो चरणतिर अघि बढिरहेको र यो दोश्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्बहारा बर्ग र गरीब किसानको सबैभन्दा बिपन्न तप्काको हातमा सुम्पनु पर्दछ भन्ने प्रष्ट घोषणा र दिग्दर्शन गराएका थिए ।

अन्ततः क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र आह्वानमा अक्टोबर २५ (पुरानो रुसी पात्रो अनुसर नोभेम्बर ७)का दिन मजदुरहरुको सेना(रेडगार्ड) र सेनामा भएका क्रान्तिकरी सैनिकहरु केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्यूत गर्न अघि बढे । यस क्रममा राजधानी पेत्रोग्रादमाथि कुशलतापूर्व कब्जा गर्दै त्यो क्रान्ति सफलताकासाथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरुमा मास्को र अन्य केन्द्रहरुमा अझैपनि जार समर्थक, भक्त र समर्पित प्रतिरोधीहरु र प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरीनै पुरानो जार साम्राज्य र सत्ताका अरु क्षेत्रहरुमा पनि सोभियत शक्तिको स्थापना गर्दै गयो । यसरी क्रान्तिको बिजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने जन कमिसार काउन्सिल स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो ।

संघर्षको बेला बोल्शेमिकहरुले जनतालाई भूमि, शान्ति र भोजन भन्ने नाराको वरिपरी एकताबद्ध गरेका थिए । ठीक त्यही कुरालाई मूर्त र प्रष्टरुपमा अघि बढाउन लेनिन नेतृत्वको जन कमिशार काउन्सिलले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधिहरुको सोभियत समक्ष पहिलो पटक उच्च प्राथमिकताकासाथ भूमि र शान्ति सम्वन्धि सबैभन्दा महत्वपूर्ण आज्ञाप्ति जारी ग¥यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरुको सबै जमिन,चर्च र गम्बाहरुको अधिनमा रहेका जमिन र जमिनसँग सम्वन्धित सम्पत्तिहरु स्थानीय र जिल्ला स्तरीय किसान सोभियत कमिटीरुलाई सुम्पनु पर्ने नियम बनायो तदारुखताकासाथ त्यसलाई लागु ग¥यो ।

अनि सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति — ‘शान्ति सम्वन्धि आज्ञाप्ति’ले ततकाल युद्धको अन्त्य गर्न, युद्धमा संलग्न सबै सम्बद्ध देशहरुसँग शान्ति बार्ता गर्न ठोस प्रस्ताबकासाथ जोडदार अपील ग¥यो । सोभियतको नब गठित जन कमिसार काउन्सिलले कुनै क्षतिपूर्ति र बिजित या पराजित भूभागको कुनै कुरा बिना नै यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता ब्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा ब्यक्त ग¥यो र यसरी शान्तिलाई उच्च प्राथमिकता दियो ।क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जन कमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुबिधा सबैलाई तथा नयाँ समाजबादी सोभियत संघको निर्माण(यूएसएसआर) जस्ता थप कुराहरु समेत त्यो आज्ञाप्ति मार्फत प्रस्तुत ग¥यो ।

वास्तवमा जारकालीन रुस ‘बिभिन्न जातिहरुका निमित्त एउटा बन्दी गृह’ जस्तै नै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरुलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त ग¥यो र तिनलाई समाजबादी सोभियत यूनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान ग¥यो ।

तर कलिलो समाजबादी सोभियत संघले यी कुराहरु अघि बढाउन पाउदा नपाउदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरुको तीब्र प्रतिरोधको सामना गर्नुप¥यो । रुसमा एउटा जटील गृह युद्धको आगो दन्कियो । त्यसले गर्दा लाल सेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरुसँग भिड्नैपर्ने स्थिति आयो । बृटेन, जर्मनी र फ्रान्स लगायत १० वटा पूँजीवादी देशहरुले रुसको क्रान्तिबिरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको समर्थन र सहयोग गरिरहेका थिए । चार बर्षसम्म यस्तो घनघोर लडाई चलेपछि लालसेनाले क्रान्तिबिरोधी प्रतिकृयावादी शक्ति र श्वेत सेनामाथि बिजय हासिल ग¥यो । त्यस प्रकृयामा मजदुर किसानको भर्खरै स्थापित भएको सत्ताले अत्यन्तै ठूलो मूल्य चुकाउनु परेको थियो र अभूतपूर्व बलिदान दिनु परेको थियो ।

यो आलेखको आरम्भमा नै भनिएको छ कि यो महान समाजबादी अक्टोबर क्रान्ति बिश्वमा पहिला पहिला भएका बिभिन्न क्रान्तिहरुभन्दा भिन्न,उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो र हो । १७८९ मा भएको प्रसिद्ध फ्रान्सेली क्रान्तिदेखि यता पनि बिश्वमा अरु ठूल्ठूाल क्रान्तिहरु हुदै र तिनले सत्ता हातमा लिदै पनि आएका हुन् । तर ती क्रान्तिहरु मार्फत पुरानो सामन्त बर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ बर्ग अर्थात् पूजीबादी बर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक बर्गको स्थानमा नयाँ शोषक बर्ग फेर्ने रुपमा मात्र ती पुराना क्रान्तिहरु भएका थिए । तर महान अक्टोबर क्रान्ति ती क्रान्तिहरु भन्दा फरक क्रान्ति थियो र हो । निश्चय नै इतिहासका बिभिन्न चरणमा बिभिन्न ठूल्ठूला क्रान्तिकारी आन्दोलन र परिबर्तनहरु भए । उदीयमान नयाँ शोषक बर्गले पुरानो शोषक बर्गलाई सत्ताबाट बिस्थापित पनि गरेको हो । यही घटना सामन्त बर्गबिरुद्ध पूँजीबादी बर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर अक्टोबर समाजबादी क्रान्ति यस अर्थमा के फरक छ भने शोषक शासक बर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, बिपन्न किसान जो शोषक बर्गबाट हर किसिमले प्रताडित थिए तिनले शोषक बर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक बर्गको सत्ता होइन कि शोषित पीडित बर्गको सत्ता बिश्वमा पहिलो पटक स्थापित र आरम्भ भयो ।हरेक किसिमले सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो ।

रुसको यो महान समाजबादी क्रान्तिमा सर्बहारा श्रमजीवी बर्गको नेतृत्वदायी भूमिका रहेकोले गर्दा यो बिश्वको पहिलो समाजबादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जति बेला पुरानो राज्य यन्त्र सबै किसिमले समाप्त हुन्छ र नयाँ राजयन्त्र स्थापित हुन्छ । ठीक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र नब स्थापित समाजबादी सेभियत संघलाई स्थापित गरेको थियो । जुन मजदुर, बिपन्न किसान लगायत सबै बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका बर्ग र समुदायको शासन सत्ता कायम भएको थियो । जहाँ उत्पादनका साधनहरुको समाजिककीरकण गरिन्छ र उद्योग, जमिन र कृषि तथा अन्य उत्पादनका साधनहरु राज्यको मातहतमा हुने र सबैले सामुहीक स्वामित्व ग्रहण गर्ने कुरा यसमा निहीत थियो । वास्वतमा समाजबादी उत्पादन पद्धति बिश्वमा पहिलो पटक यही सोभियत सत्ताले ब्यहारमा उतारेको र कायम गरेको हो ।

यसरी बिश्वको क्रान्तिकारी आमूल परिवर्तनबादी दर्शन मार्क्सबादलाई सही किसिमले बुझ्दै, पक्रिदै र लागु गर्दै तथा अझ बिकसित गर्दै लेनिनले जुन समाजवादी सोभियत संघ बिकसित गरेका थिए र स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहीत बिश्व समाज आज रहेको छैन । नेतृत्वमा आएको घोर सैद्धान्तिक बिचलन र बाह्य प्रतिकृयावादी शक्तिहरुको कारण शोषित पीडित जनताको त्यो बिश्वको पहिलो राज्य ब्यवसथ समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक-साँस्कृतिक तथा राजनीतिक मानबीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यबान परम्पराले आज पनि बिश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ तथा सही र रचनात्मक बाटो देखाइरहेको छ ।

 

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

९ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक