बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शहीद चिनीया काजी स्मृति दिवस कसरी होला सार्थक ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

कार्तिक २० गते प्रजातन्त्रोत्तर कालका प्रथम बिद्यार्थी शहीद चिनीया काजीको स्मृति दिवसको दिन हो । प्रजातान्त्रिका आन्दोलनललाई पूणर्ता नदिई बिचैमा सम्झौतामा टुंग्याउने काम दिल्ली सम्झौता मार्फत गरिए पछि आम सचेत जनतामा ब्यापक असन्तुष्टी थियो । त्यसले जन बिरोध निम्त्याई रहेको थियो । राणा शासनको संक्रमण कालीन सरकार बनेको थियो । त्यो राणा-काग्रेसको संयुक्त सरकार थियो । यस सम्बन्धमा नेपालको यूवा—बिद्याथीृ आन्दोलन नामक सानो पुस्तिकामा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘२००८ साल कार्तिक २० गते घृणित दिल्ली सम्झौता तथा सरकारका गैर-प्रजातान्त्रिक कदमहरूको विरोधमा विशाल जनसभाको आयोजना भएको थियो । काठमाडौं भूगोल पार्कमा हज्जारौंको संख्यामा विद्यार्थीहरू भेला भए । तत्कालीन राणा-कांग्रेस संयुक्त सरकारको निर्देशनमा पुलिसले गोली चलायो । नेपालका युवा-विद्यार्थी समुदायको रगतले कोरिएको गरिमामय क्रान्तिकारी इतिहासमा नयाँ अध्याय थपियो । पुलिसको गोलीले विद्यार्थी नेता चिनीयां काजी शहीद भए र अरु धेरै विद्यार्थीहरू घाइते भए । चिनीया काजी पद्मोदय हाईस्कूल काठमाडौंमा अध्ययन गर्ने प्रगतिशील विचारले ओतप्रोत भएका विद्यार्थी थिए ।

स्थिति तनावपूणर् थियो । बिद्यार्थीको शब सरकारले परिबारलाई दिन मानिरहेको थिएन । बिद्यार्थी शहीदको शबसँग राणा-काग्रेसको सयुक्त सरकार डराएको थियो । स्थितिलाई चर्किन नदिन र मत्थर पार्न काग्रेसको तर्फबाट गृहमन्त्रालयको नेतृत्व गरिरहेका बीपी कोइरालाले स्थितिको जिम्मेवारी लिदै पदबाट राजीनामा दिएका थिए । तर आन्दोलन मत्थर भएको थिएन । आन्दोलनकारी बिद्यार्थीका साथै जनताले प्रधानमन्त्रीकै राजीनामा मागिरहेका थिउ । यस सम्वन्धमा उक्त पुस्तिका कमरेड पुष्पलाल थप लेख्नु हुन्छ -‘‘शहीदको शवलाई हस्तान्तरण गर्न पनि विद्यार्थीहरूले संघर्ष नै गर्नु पर्यो । शवयात्रामा ठूलो संख्यामा जनता तथा विद्यार्थीहरूले भाग लिएका थिए । नेपाल कम्युनिष्ट पार्टी, प्रजापरिषद सहित अन्य पार्टीहरू र जनवर्गीय संगठनहरू आफ्नो दलको तर्फबाट औपचारिक रूपमा शवयात्रामा सामेल भएका थिए । स्मरण-रहोस्, नेपाली कांग्रेस, जसका नेता तत्कालीन राणा-कांग्रेस संयुक्त सरकारमा गृहमन्त्री थिए, ले पनि शवयात्रामा भाग लिएका थियो ।’’

शब यात्रामा सहभागीहरुले लगाएको नारा र मागबारे उक्त पुस्तिकामा कमरेड पुष्पलालले थप लेख्नु भएको छ -‘‘शहीदको शवलाई लिएर हाम्रा शहीद-अमर रहुन्, शहीदको इच्छा-साकार पाछौं, दिल्ली सम्झौता – धोका हो, जनविरोधी ऐन-खारेज गर, विद्यार्थी हत्यारा राणा-काँग्रेस संयुक्त सरकार-मुर्दावाद भन्ने नारा लगाउँदै जुलूसले काठमाडौं शहर परिक्रमा गर्यो । पछि सभाको रूपमा परिणत भै यस ऐतिहासिक जनसभाले प्रत्येक वर्ष कार्तिक २० गते विद्यार्थी शहीद दिवस मनाउने निणर्य गर्‍यो-विद्यार्थी शहीद चिनीयां काजीको स्मृतिमा ।

राष्ट्रिय बिद्यार्थी फेडरेशनको गठन

यसरी आन्दोलन चर्किएको र सरकारप्रति असन्तुष्टी बढे पछि त्यसलाई त्यसलाई सही दिशा र गति दिन बिद्यार्थी संगठन गठन गर्ने तयारी पनि हुन थाल्यो । यसरी आन्दोलन बढ्दै गए पछि राणा – काग्रेसको त्यो मन्त्रीमण्डल नै बिघटन भएको थियो । त्यसबारेमा क. पुष्पलालले लेख्नु भएको छ -‘‘२००८ सालमा राणा-काँग्रेस संयुक्त मन्त्रीमण्डल भङ्ग भई मातृका प्र. कोइरालाको प्रधानमन्त्रीत्वमा नयां मन्त्रीमण्डल गठन भयो । नयां सरकारले युवा-विद्यार्थी समुदायबाट दिल्ली सम्झौतालाई समर्थन गराउन राजश्वको ठूलो रकम खर्च गरी एक सभाको आयोजना गर्‍यो । घृणित दिल्ली सम्झौताको विरोधमा जनआन्दालन तीव्र हुँदै गइरहेको थियो । यस सभामा दिल्ली सम्झौता विरोधी युवक-विद्यार्थीहरू नै भारी संख्यामा उपस्थित भएका थिए । सभा उद्घाटन गर्न गएका प्रधान मन्त्री मातृका र शिक्षा मन्त्री शारदा शम्सेर राणाले दिल्ली सम्झौता धोका हो भन्ने गगनभेदी नारा र कालो झण्डाले स्वागत पाए । उनीहरूलाई आफैले आयोजना गरेको सभाबाट भाग्नु पर्‍यो । यसै विद्यार्थी भेलाले ‘राष्ट्रिय विद्यार्थी फेडरेशन’ गठन भएको घोषणा गर्‍यो । विद्यार्थीहरुको यस बृहत् एकतामा आँच ल्याउन तत्कालीन काँग्रेसी सरकारले ‘विद्यार्थी संघ’ गठन गर्न लगायो ।’’

प्रगतिशील बिद्यार्थीहरुले संगठित रुपमा अगाडि बढ्न थालेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका जल्दा बल्दा बिषयहरु पनि उठाउन थाले । उनीहरु नेपाल कम्युनिष्ट पार्टीको पहलकदमी र सकृत्यतामा बनेको जातीय जनतान्त्रिक मोर्चामा पनि सम्मिलित भएर बाह्य हस्तक्षेप र आन्तरिक गडबडीका बिरुद्ध संगठितरुपमा आवाज उठाउन थाल्दछन् । यस सम्वन्धमा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन (ने. वि. फे.) को गठन पछि नेपालका विद्यार्थीहरूले राष्ट्रिय र अन्तरराष्ट्रिय महत्वका सवालहरूमा अझ सक्रिय भूमिका खेल्न थाल्दछन् । २००८ सालमा नेपाल कम्युनिष्ट पार्टी र प्रजापरिषदको बीच गठन भएको जातीय जनतान्त्रिक संयुक्त मोर्चामा युवा विद्यार्थी समुदायका महत्वपूणर् भूमिका रहेको हो । किसान आन्दोलनलाई दबाउन भारतीय शसस्त्र सेनालाई पुनः नेपालमा नित्याइयो ।’’

बढ्दो असन्तोष र त्यस बिरुद्धको आन्दोलनसँगै किसान आन्दोलले पनि संगठित रुप लिन थाले पछि मातृका काग्रेसको सरकारले भारतीय हस्तक्षेप निम्त्याएरै भए पनि त्यसलाई हत लाउन खोज्यो । त्यसै क्रममा यूबा किसान नेता भिमदत्त पन्तलाई भारतीय सेना भित्र्याएर मारियो यसबारेमा अगाडि कमरेड पुष्पलाल लेख्नु हुन्छ -‘‘ किसान आन्दोलनको नेतृत्व गर्ने युवा किसान नेता भीमदत्त पन्त भारतीय तथा नेपाली सेनाको संयुक्त सशस्त्र कार्यवाहीबाट शहीद हुनुभयो । ने. वि. फे. को नेतृत्वमा विद्यार्थीहरूले किसान आन्दोलनलाई सक्रिय सहयोग र भारतीय सेनाको नेपाल प्रवेशको देशव्यापी विरोध प्रदर्शन गरेका हुन् । १९५० को भारतसंग भएको सैनिक सन्धि, भारतीय सैनिक मिशन नेपालमा राख्ने र नेपालको उत्तरी सीमा (नेपाल-चीन सिमाना) मा भारतीय सैनिक राख्ने सन्धिहरूको विरुद्ध ने. वि. फे. ले संघर्षमा अग्रगण्य स्थान राखेको छ ।’’

यस प्रकार नेपाल कम्युनिष्ट पार्टीका पहल र सक्रियताम नेपालमा बिद्यार्थी र किसान पनि आन्दोलन पनि अघि बढ्न थालेको र बिद्यार्थी आन्दोलन र किसान आन्दोलन अन्योन्याश्रित भएर अघि बढ्न थालको बारेमा कमरेड पुष्पलालले लेख्नु भएको छ – ‘‘नेपाल कम्युनिष्ट पार्टीको पहलकदमीमा किसान आन्दोलन र विद्यार्थी आन्दोलन पनि किसान आन्दोलन कै अन्योन्याश्रित शक्तिको रूममा विकास हुन थाल्यो । यस समय आन्दोलनाई दवाउन मातृकाको कांग्रेसी सरकारले ने. क. पा. माथि प्रतिबन्ध लगाउँछ । पार्टीमाथिको प्रतिबन्ध हटाउन पनि विद्यार्थीहरूले बहादुरीपूणर् संघर्ष गरेका हुन् । यो २००८ सालको कुरा हो । पार्टीमाथिको प्रतिबन्ध २०१२ सालमा हट्यो ।’’

यसरी त्रिचन्द्र कलेजमा पढ्ने बिद्यार्थी नेता महान अमर शहीद गंगालालको पद चापलाई पछ्याउँदै शहादत प्राप्त गर्ने बिद्यार्थी नेता चिनियाँ काजीको बलिबेदीमा बनेको नेपालको पहिलो बिद्यार्थी संगठनले नै हरेक बर्ष कार्तिक २० गते चिनीयाँ काजी स्मृति दिवस मनाउने निणर्य गरेको थियो । त्यो मननयोग्य क्रान्तिकारी परम्परालाई आज अझ बढी उच्च उठाउँदै सबै प्रकारका बाह्य हस्तक्षेप तथा आन्तरिक दमन, अराजकता, अन्यौल, महाभ्रटाचारका बिरुद्ध यूवा-बिद्यार्थी आन्दोलनलाई सही दिशा र गति दिन सकेमा मात्र बिद्यार्थी नेता चिनीया काजीको स्मरण गरेको सार्थक ठहरिन्छ ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

१० घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक