मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
मन्त्रिपरिषद् बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको हो।  टिकटक  सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको हो।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।

टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। त्यस्तै दुई पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकलाई पत्र पठाएको थियो।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए। टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्ने भएको छ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

४ घण्टा अगाडि
प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक