बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यावरण असन्तुलनका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन जोखिममा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पर्यावरण असन्तुलनका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन जोखिममा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यावरण असन्तुलनका कारण प्राकृतिक प्रकोपका घटना वृद्धि हुँदै जाँदा समग्र मानव जीवन नै जोखिममा पर्दै गएको जनाउनुभएको छ ।

नेपाल अणुव्रत समिति काठमाडौँले सोमबार आयोजना गरेको ‘पर्यावरण संरक्षणमा सहायक अणुव्रत’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री लेखकले प्रकृतिमाथिको दोहनका कारण समग्र पृथ्वीको अस्तित्वमाथि नै खतरा सिर्जना भएकाले यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्ने जनाउनुभयो । मन्त्री लेखकले भन्नुभयो, “पर्यावरणको असन्तुलनका कारण सेता हिमाल क्रमशः काला पहाडमा रूपान्तरण हुँदै गएका छन्, जसले समग्र इकोसिस्टमलाई नै प्रभावित पारेको छ । यसलाई समयमा नै रोक्न नसके मानव जातिकै अस्तित्व खतरामा पर्न सक्छ ।”

पर्यावरणको दोहन गर्नेभन्दा नगर्ने नै बढी प्राकृतिक विपत्तिको सिकार बन्नु परेको बताउँदै उहाँले कतै अत्यधिक वर्षा हुने र कतै सुक्खा रहने जस्ता घटना वृद्धि भई ठुलो जनधनको क्षति हुने गरेको र असोज दोस्रो साता नेपालले भोग्नु परेको विपत्ति पछिल्लो एक उदाहरण रहेको जनाउनुभयो ।

नेपालको संविधानले समग्र भूभागको कम्तीमा ४० प्रतिशत जङ्गल क्षेत्र कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै मन्त्री लेखकले पर्यावरण संरक्षणमा ढिलाइ नगर्न विश्व समुदायलाई आग्रहसमेत गर्नुभयो । पर्यावरण संरक्षणमा जैन दर्शनले पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री लेखकले ‘रुख रोपौँ, प्रकृतिको दोहन नगरौँ’ भन्ने महावीर जैनको मूल आदर्श विश्वभर फैलाउन सके पर्यावरण संरक्षणमा ठुलो योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा जैन समाजका अग्रज किशनलाल दुगडले विश्व समुदायमा देखिएको द्वन्द्व र विवादको प्रत्यक्ष असर पर्यावरण क्षेत्रमा परेको र त्यसको सबैभन्दा ठुलो सिकार अल्पविकसित विकासोन्मुख राष्ट्रका जनताले भोग्नु परेको जनाउनुभयो ।

राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले झन्डै दुई सय वर्षअघि भारतको राजस्थान र हरियाणाबाट बसाइँसराइ गरी नेपालमा बसोबास गर्दै आएको मारवाडी तथा जैन समुदायले मुलुकको आर्थिक विकास र सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई बेला बेला गलत प्रचार र अवमूल्यन गर्ने गरिएकोप्रति दुःख व्यक्त गर्दै उहाँले अहिंसा, इमानदारिता, शालीनता, झुटो नबोल्ने मूल आदर्शबाट विचलित नहुन मारवाडी समुदायलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रमका प्रोफेसर डाक्टर जगदीशप्रसाद अग्रवालले विज्ञानले आविष्कार गरेका औषधीभन्दा आध्यात्मिक आचरणले मानिसलाई शुद्ध र निरोगी बनाउने जनाउनुभयो । संयोजक फूलकुमार लालवानीले मारवाडी समुदाय अणुव्रतका सच्चा साधक रहेकाले जुनसुकै पेसामा सफल हुने गरेको जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

४ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक