बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईएमएफले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने प्रक्षेपण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने प्रक्षेपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने प्रक्षेपण गरेको छ । यसअघि गत अप्रिलमा यस क्षेत्रमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको आइएमएफले शुक्रवार सार्वजनिक ‘रिजनल इकोनोमिक आउटलुक’मा त्यसलाई सुधार गरी ४.६ प्रतिशत पुर्‍याएको छ । यो सालको शुरु आधा वर्षमा यस क्षेत्रले राम्रो प्रदर्शन गरेकाले आर्थिक वृद्धिमा सुधारको अपेक्षा गरिएको आईएमएफले जनाएको छ ।

विश्व आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान ६० प्रतिशत कायमै रहने पनि प्रतिवेदनमा उल्लेख । यो वर्ष र आगामी वर्ष पनि यस क्षेत्रको आर्थिक वृद्धि सामान्य रहने पनि आईएमएफले उल्लेख गरेको छ । ‘औद्योगिक उत्पादन एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको इन्जिन हो । तर आधुनिक व्यापारिक सेवातर्फको संक्रमण यस क्षेत्रको वृद्धि र उत्पादकत्वका नयाँ स्रोत हुन सक्छन्,’ कोषका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले जनाए ।

आईएमएफको एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासन

यसका लागि एसियाली मुलुकहरुले आफ्ना अर्थतन्त्रलाई व्यापार र प्रतिस्पर्धाका लागि खुला गर्नुपर्ने उनले बताए ।

सन् २०२५ का लागि भने ४.४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको उनले जानकारी दिए ।

तर भूराजनीतिक टेन्सन बढ्दै जानु, विश्वको माग कत्तिको बलियो हुन्छ भन्ने निश्चित नहुनु तथा सम्भावित वित्तीय अस्थिरताका कारण जोखिम भने बढेको पनि प्रतिवेदनले उल्लेख गरेको छ।

यस क्षेत्रका अधिकांश क्षेत्रमा मूल्यवृद्धि कम भएको आईएमएफले जनाएको छ । उदीयमान एसियाली मुलुकहरुमा सन् २०२३ मै मूल्यवृद्धि लक्षित सीमामा आईसकेको र विकसित मुलुकमा मूल्य अपवृद्धिको गति कम भएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

यहाँ विश्वका अन्य क्षेत्रको तुलनामा मूल्यवृद्धि छिटो घटेको पनि श्रीनिवासनले बताए । ‘यस्तो अवस्थामा धेरै केन्द्रीय बैंकहरुले अर्थतन्त्रमा सहयोग गर्न ब्याजदर घटाउन सक्छन्,’ श्रीनिवासनले बताए ।

नेपालमा कृषि उत्पादन बढ्ने अपेक्षा

पुँजीगत खर्च बढ्ने तथा कृषि उत्पादन राम्रो हुने अपेक्षा भएकाले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । विहीवार सार्वजनिक आईएमएफको एसिया तथा प्यासिफिक क्षेत्रको ‘रिजनल इकोनोमिक आउटलुक’ले यस्तो जनाएको हो ।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत भएको र चालू आवमा त्यसमा बढोत्तरी हुँदै ४ दशमलव ९ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण छ । आर्थिक वृद्धिमा सुधार हुनुमा सहयोगी मौद्रिक नीतिको पनि भूमिका रहने आईएमएफले जनाएको छ ।

तर, आईएमएफले गत अप्रिलमा सार्वजनिक गरेको प्रक्षेपणको तुलनामा यसपटकको प्रक्षेपण भने घटाएको छ । यसअघि ५ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरिएको थियो ।

 

दक्षिण एसियामा भारत अगाडि

दक्षिण एसियाली क्षेत्रमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ । गत अप्रिलको तुलनामा २ आधार बिन्दूले बढी हो । भारतमा लगानी तथा निजी क्षेत्रको उपभोगमा भएको वृद्धिले आर्थिक वृद्धि सबल भएको आईएमएफको भनाइ छ ।

आगामी वर्ष पनि भारत संसारका मुख्य अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र आर्थिक वृद्धि हुने मुलुकमा पर्ने आईएमएफको प्रक्षेपण छ ।

त्यस्तै हालै भएको राजनीतिक उथलपुथलका कारण बंगलादेशको आर्थिक वृद्धिमा भने नकारात्मक प्रभाव पर्ने प्रतिवेदनले उल्लेख गरेको छ। गत आर्थिक वर्षमा बंगलादेशमा ५.८ प्रतिशत आर्थिक वृद्धि भएकोमा यो साल घटेर ५.४ प्रतिशत हुने पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

दुई वर्षअघि आर्थिक संकटमा परेयता आईएमएफले श्रीलंकाको आर्थिक वृद्धिको प्रक्षेपण भने गरेको छैन ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

४ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक