काठमाडौं । साफ महिला च्याम्पिनसीपअन्तर्गत सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ।
नेपालले माल्दिभ्सको गोलपोष्टमा ११ गोल हान्यो। नेपालका लागि रेखा पौडेलले ५, प्रिती राईले ३ तथा सविता राना मगर, अनिता केसी र अमिषा कार्कीले एक–एक गोल गरे।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने माल्दिभ्सविरुद्ध गोल गर्दैमा खुसी भइहाल्नुपर्ने अवस्था नरहेको जनाएका छन्।
खेलपछि उनले भने,’माल्दिभ्सलाई गोल गर्दैमा खुशी हुनपर्ने छैन।’ माल्दिभ्सलाई प्रतियोगिताकै कमजोर टोलीको रुपमा हेरिएको छ।