बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कथित भारतीय लोकतन्त्रको शिकार जीएन साइबाबाको कथा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी
झण्डै १० बर्षसम्म अन्याय तथा क्रुरताको शिकार बनाइएका कवि, मानबाधिकार कर्मी तथा दिल्ली बिश्वबिद्यालयका अन्तरगतका पूर्ब प्रोफेसर जी एन साइबाबाको हैदराबादको एनआईएमएस अस्पतालमा १२ अक्टोबरका दिन निधन भयो । त्यसै अस्पतालमा ६ दिन पहिला उनको गल ब्ल्याडरको शल्यकृया भएको थियो । उनी ठिक हुँदै गएको पनि भनिएको थियो । तर दुइ दिन पहिला उनको स्वास्थ्य स्थिति बिग्रिएर अस्पताल भरना गराइएको थियो । शनिवार उपचारको क्रममा उनको रक्तचाप धेरै नै कम भयो । अनि हृदयाघात पनि भयो । त्यो उनको ज्यानै लिने घटना साबित भयो । उनले अन्तिम श्वास फेरे ।

यहाँ उल्लेखनीय के छ भने प्रोफेसर साइबाबा झण्डै १० बर्षसम्म भारतको राष्ट्रिय सुरक्षा कानुन अन्तरगत बन्दीको आरोप झेलेका र ती प्रोफेसरलाई यसै बर्ष मार्चमा बम्बई उच्च अदालतले आरोप मुक्त गरेको थियो । वास्तबमा भारतमा उनीमाथिको मुद्धालाई कुनै निर्दोष मानिसलाई कसरी कुन हदसम्म निर्ममरुपमा प्रताडित गरिन्छ भन्ने एउटा जीबन्त उदारहरणकोरुपमा स्मरण गरिने छ जसले पीडितको पक्षमा बोल्ने र लेख्ने गरेको थियो भनेर त्यहाँका राजनीति बिश्लेषकहरुले औल्याएका छन् ।

ती प्रोफेसरको मृत्युले के पनि साबित गरेको भनिदैछ भने भारतमा राज्यद्वारा कानुनको गलत किसिमले दुरुपयोग मात्र गरिदैन त्यसमाथि न्यायिक प्रकृया पनि सजायभन्दा अझ बढी खराब छ ।जेलमा ती प्रोफसरले भोग्नुपरेको यातना यही कुराले मात्रै पनि बर्णन गर्न सकिन्छ कि बाल्य कालदेखि नै ह्वील चेयरको सहायताले जीवन गुजारा गर्नु परेका साइबाबालाई नागपुर जेलको अण्डा सेलमा यसरी राखियो कि उनले दिनमा दुइ पटक मात्र नित्यकर्म गर्न तथा हातमुख धुन पनि दुइ जना मानिसको सहायता लिनु पर्ने अबस्था थियो । त्यस नागपुर जेलको क्षमता त २०० बन्दी कैदीको थियो तर त्यहाँ झण्डै १३०० कैदीहरु त्यहाँ राखिएका थिए । जसले गर्दा चल्न चटपटाउन र कोल्टे फर्किन पनि परस्परमा बन्दी कैदीहरुका बीच झगडा गर्नुपर्ने स्थिति थियो । चिकित्सकद्वारा ६० प्रतिशत बिकलांग घोषित ती प्रोफेसर साइबाबामाथि आरोप लगाइएको थियो कि उनको माओबादीहरुसाग सम्बन्ध छ र उनी राज्य बिरुद्धको अपराधमा सहभागी रहेका छन् । २०१३ मा हेम मिश्रा,महेश तिर्की, पी.नरोटे, प्रशान्त राही आदिलाई कथित माओबादी षडयन्त्र अन्तरगत गढचिरौली पुलिसले गिरफ्तार गरेको थियो । अनि साइबाबालाई पनि त्यसैमा सहभागी भएको आरोपमा पक्रिएको थियो । उनीसँगबाट नक्सली साहित्य बरामद भएको आधारमा उनलाई पक्रिएको बताइएको थियो ।

त्यसपछिको कथा भारतीय न्यायपालिको दुर्दशाको कथा हो जसले कुन कुरामा प्रष्टसँग छाप लगाइदिएको छ भने कसरी एक पटक कानुनी माकुरेजालमा फसाइए पछि कुनै पनि निरीहको जीवनलाई सरकारले कति सजिलैसँग बर्बाद गर्नसक्छ । भारतीय पुलिसको उनमाथि के आरोप थियो भने माथि उल्लेख गरिएका आरोपीहरुलाई उनले नै माओबादीसँग सम्पर्क गराएका थिए । हुन पनि उनलाई भारतीय पुलिसले पक्रिदा पनि अपहरणको शैलीमा पक्रिएको थियो । जबकि उनी पक्राउ पर्दा प्रमुख परीक्षककोरुपमा परीक्षा केन्द्रतर्फ जान आफ्नो घरबाट स्वयं कारमा निस्किदै गरेका थिए ।

भारतीय पुलिसले उनका गाडी चालक(ड्राइभर)लाई कारबाट निकालेर खेदेको थियो र त्यो कारसमेत सिभिल ड्रेसमा पुलिसले उनलाई लिएर गएका थिए । त्यसपछि उनलाई बिश्वबिद्यालयले पनि निलम्बित गर्दिएको थियो । पक्षघातका बिमारी साइबाबालाई गढचिलौरी अदालतको राष्ट्रिय सुरक्षा कानुन (यूएपीए) अन्तरगत दोषी करार गरिएको थियो । बिग्रदो स्वास्थ्यको आधारमा सर्बोच्च अदालतले उनलाई जमानत त दियो तर पछि बम्बई उच्च अदालतले हस्तक्षेप गरेर जमानत रद्द गर्दै उनलाई आत्म समर्पण गर्न आदेश दियो । यद्यपि त्यो मामिलामा सुनवाई गर्दै उच्च अदालतले उनलाई २०१७ मा रिहाई त गर्दियो तर त्यो मामिलालाई पुन सर्बोच्च अदालतमा लगियो ।

उच्च अदालत र सर्बोच्च अदालतका बीचका अनेक न्यायिक प्रकृया र जटीलताबाट गुज्रदै साइबाबाले बर्षौंसम्म जेलमा समय बिताउनु परेको थियो । पहिलादेखि नै बिकलांग साइबाबालाई जेलको सुबिधाहीन परिस्थितिमा जीवन गुजार्नपरेका कारण बिभिन्न किसिमका बिमारीले पनि पक्रियो । त्यसमा पनि उनको मृगौलाको समस्याले उनलाई नराम्ररी गाँज्यो । उनलाई जेल प्रशासनद्वारा औषधीसम्म पनि उपलब्ध गराइदैनथ्यो । आफ्नो मृत्यु हुने सन्देह उनले कयौं पटक जनाइसकेका थिए । जमानतका बेला उनले बताएका थिए कि जेल अधिकारीहरुलाई नै उनी धेरै दिन बाँच्दैन्न भन्ने लागेको थियो । भारतमा एकातिर जहाँ हत्या तथा बलात्कारको अपराधमा उमेर कैद भोगिरहेका राम रहीम जस्ता अपराधीहरु केही बर्षमैं झण्डै एक दर्जन पेरोलमा जेलबाट रिहा गरिने गर्दछन् भने अर्कोतिर लेखक, मानबाधिकारकर्मी तथा प्रोफेसर जस्ता सम्मानित पेशासँग सम्बन्धित साइबाबालाई उनकी आमाको अन्तिम संस्कारमा शामेल हुने अवसर समेत दिइदैन, दिइएन । उनको नोकरी छुटेकोमा पनि उनलाई ठूलो दुःख थियो अनि उनी भन्ने गर्दथे कि उनी शिक्षककोरुपमा काम गर्न र शिक्षककैरुपमा मर्न पनि चाहन्थे ।

केवल बैचारिक मान्यताका आधारमा कसैमाथि देशका बिरुद्ध षडयन्त्रमा सामेल भएको गलत आरोप लगाएर यदि कसैलाई यति लामो समयसम्म जेलमा राखिन्छ भने यसभन्दा ठूलो दुर्भाग्यजन्य कुरा अरु के हुन सक्छ भन्ने प्रश्न पनि यतिबेला भारतमा उठिरहेको छ । कुनै बिचारधाराको समर्थन या बिरोध गर्नु कुनै गिरफ्तारीको कारण हुनसक्तैन । यस कुराको उल्लेख अन्तर्राष्ट्रिय मानबाधिकारबादी संस्थाहरु र भारतकै सर्बोच्च अदालतले पनि गर्ने गर्दछन् । तर तिनले लेखक, पत्रकार, मानबाधिकारकर्मी आदिलाई बन्द जेलबाट बाहिर निकाल्न सक्तैनन् । पूँजीवादी लोकतन्त्रमा समेत सरकारको भन्दा भिन्न बिचार राख्नु लोकतान्त्रिक प्रणालीको अभिन्न हिस्सा मानिन्छ र यसलाई आधुनिक समयको सर्बमान्य नियम पनि भनिन्छ । तर भारत यस बिपरीत दिशामा बर्षौंदेखि चलिरहेको देखिन्छ । यस्तो स्थिति कायम रहनु देशका नागरिहरुमाथि कडा उत्पीडन र दमन गर्ने र अन्तत देशको लोकतन्त्रकै बिरुद्ध हुनजाने निष्कर्श पनि स्वयं भारतीय बिश्लेषकहरुले निकालिरहेका छन् ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

१० घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक