बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यसरी हत्या भयाे रश्मीकाे 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोदालो प्रहार गरी हत्या
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । वर्षीया रश्मी कुमाल गएराति गाउँमा भएको सांस्कृतिक कार्यक्रम हेर्न पुगिन्। दसैं सुरू भएसँगै विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने गर्छ। गोरखा पालुङटार नगरपालिका-७ मा पनि दसैं विशेष कार्यक्रमको आयोजना भएको थियो। रश्मी अबेरसम्मै कार्यक्रममा थिइन्।

मध्यराति १२ बजेतिर मात्रै उनी घर फर्किइन्। घरमा उनका ८ वर्षका छोरा थिए। उनका श्रीमान राजु कुमाल वैदेशिक रोजगारको सिलसिलामा विदेशमा छन्। फर्किंदा घरको प्रमुखद्वार बन्द थियो।

रश्मीले आफ्ना छोरालाई ढोका खोल्न भनेर बोलाइन्। केहीबेरमै छोरा बाहिर आए, ढोका खोल्नतिर लागे। तर ढोका खोल्न नपाउँदै एकाएक बाहिर कोही आएको उनले देखे। तर ती व्यक्तिलाई चिन्न भ्याएनन्। ती व्यक्तिले धारिलो हतियार बोकेका थिए। त्यही धारिलो हतियारले आफ्नी आमा रश्मीमाथि दुई पटक हिर्काएर फरार भएको उनले देखे।

यसरी घटना भएकोबारे उनले जिल्ला प्रहरी कार्यालय गोखराका अधिकृतसमक्ष बेलिविस्तार लगाएका छन्। आमा रश्मी ढलेको देखेर उनले हार-गुहार मागे, चिच्याए।

आफन्त र छिमेकहरू आएर रश्मीलाई देखेपछि प्रहरीलाई पनि खबर गरिएको थियो। तत्कालै आफन्तले रश्मीलाई तनहुँ लक्ष्मी अस्पताल लगे। त्यहाँ उपचार सम्भव नभएपछि राति १ बजेतिर दमौली अस्पताल पुर्‍याइयो। तर उनको उपचारको क्रममा राति नै २ बजेतिर मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीका अनुसार घटनापछि अनुसन्धान सुरू भइसकेको छ। ‘धारिलो हतियारले रश्मीको घाँटीमा दाहिनेतर्फ चोट लागेको छ,’ उनले भने, ‘उक्त घटनाको प्रत्यक्षदर्शी छोरा हुन्। तर अँध्यारो भएकाले उनले छाया मात्र देखे।

कोही आएर हिर्काएको देखेको भनेर उनले बताएका छन्।’ अनुसन्धानको क्रममा एक व्यक्तिलाई प्रहरीले शंकापस्द घेरामा राखेको छ। शंकास्पद व्यक्तिलाई खोजिरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए।

‘शंकास्पद व्यक्ति उम्किन नपाओस् भनेर देश बाहिरका नाकाहरूमा समेत जानकारी गराइएको छ,’ उनले भने, ‘घटनाको कारण के हो भने खुलिसकेको छैन।’ यस घटनामा प्रहरी थप अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

नेपाल जस्ता मुलुकलाई अनुदानमा आधारित जलवायु क्षतिपूर्ति दिन डा कार्कीको माग

नेपाल जस्ता मुलुकलाई अनुदानमा आधारित जलवायु क्षतिपूर्ति दिन डा कार्कीको माग

२२ मिनेट अगाडि
नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे नाइस नेपाल र सी.पी.एस बीच छलफल

नेपाल–भारत सम्बन्धका बदलिँदा आयामबारे नाइस नेपाल र सी.पी.एस बीच छलफल

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक