शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  ।  सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला पुलस्थित मदनभण्डारी राजमार्गमा काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ६७८५ नम्बरको बस अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा बसमा सवार भोजपुर हतुवागढी गाउँपालिका-१ बस्ने २६ वर्षीय बुद्दिमान तामाङ र हाल नाम, थर, वतन नखुलेका पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये १२ जनाको घोपा अस्पताल धरानमा, ४ जनाको जानकी हेल्थकेयर जनकपुरमा र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भइरहेको छ भने २८ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

बर्दिया, बढैयाताल गाउँपालिका-५ लखनीस्थित सडकमा बढैयातालबाट भोलागौढितर्फ जाँदै गरेको भे.३ प ४६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक बाँके बैजनाथ गाउँपालिका-८ टिटरिया बस्ने २४ वर्षीय राम बृस थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड मनहरास्थित सडकमा धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको सु.प.प्र.०१००८ प ८९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-१ बस्ने ४० वर्षीय भरत भाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-७ नयाँ सडकस्थित भैरहवा वुटवल सडक खण्डमा रोकी राखेको लु.१ च ६४१८ नम्बरको पिकअप गाडीमा देवकोटा चोकदेखि बर्मेली टोलतर्फ जाँदै गरेको लु.४५ प ३८२६ नम्बरको स्कुटर ठक्कर खाई गए राति दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ नुवाकोट भ्यू प्वाईन्टस्थित सडकमा नुवाकोटबाट बुटवलतर्फ जाँदै गरेको लु.४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने १९ वर्षीय बिशाल परियार र मोटरसाइकलमा सवार दाङ राप्ती गाउँपालिका-२ बस्ने १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा  उपचारको क्रममा मृत्यु भएको हो ।

दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चाल्ले चौतारास्थित सडक सुर्खेतदेखि चाल्ले चौतारातर्फ आउँदै गरेको क.प्र.०२००१ ख ०९०६ नम्बरको गाडी सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका-१ सिंहासैन बस्ने २२ वर्षीय प्रकाश बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दैलेखमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईनरूवा नगरपालिका-३ महेन्द्र चोकस्थित सडकमा प्र.०१-००१ च ०८४४ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक हाल नाम, थर, वतन नखुलेका २१ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

६ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

कार्यदल बैठक सुरु

आर्थिक अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक