बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज साँझदेखि हेटौंडा-काठमाडाैं सडक सञ्चालनमा आउने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आज साँझदेखि हेटौंडा-काठमाडाैं सडक सञ्चालनमा आउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा ।  एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा-काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ ।

सिमखोलामा डाइभर्सन बनाएर फिलिङ गर्ने काम सकिएपछि आजदेखि सडक सञ्चालनमा आउने भएको हो । हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक कुलेखानी ड्याममुनिको सिमखोलास्थित सडक र महालक्ष्मी खोलानजिकै बाढीपहिरोले क्षति पुर्‍याएपछि असोज १२ गतेदेखि अवरुद्ध रहेको थियो ।

एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पुर्‍याइएको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले बताए । कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाइएको छ भने महालक्ष्मी खोलानजिक तलबाट उठाएर सडक बनाइएको छ ।

‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ,’निर्देशक पोखरेलले भने । हेटौंडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक भने सञ्चालनमा रहेको छ । सिमखोलाको डाइर्भसन र महालक्ष्मी खोला क्षेत्रमा सडक पुनर्निर्माण पश्चात हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ काठमाडौं र कुलेखानी-भीमफेदी-चखेल-मातातीर्थ हुँदै सवारी साधन थानकोट आवतजावत गर्न सक्छन् ।

फाखेलको मोटरबाटो सञ्चालनमा आएपछि सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडकसमेत १,२ दिनभित्रमा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको पोखरेलले जनाए ।

कान्ति राजपथ पनि १,२ दिन भित्रमा सञ्चालनमा प्रयास भइरहेको निर्देशक पोखरेलको भनाइ छ । कान्तिराजपथको वाग्मती पुल र पुलको पहुँच मार्ग बनाउन नेपाली सेनाको टिम खटिएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक मार्ग र कान्ति राजपथ अवरुद्ध भएकाले मुलुकका पूर्वी भाग जाने सवारी साधन पनि त्रिभुवन राजपथ हुँदै चित्लाङ-चन्द्रागिरीबाट आउजाउ गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ

सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ

१ मिनेट अगाडि
अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुल्याे

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

विवाहको उमेर १८ वर्ष कायम गर्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक