काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । बढेको चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


