काठमाडौं । एसिया रग्बीकाे आयोजनामा दुई दिने एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता आजबाट शुरु हुने भएकाे छ।
आज शुक्रबारबाट दशरथ रंगशालामा भाेलि शनिबारसम्म खेलमा प्रत्येक दिन ३० वटा खेल आयोजना हुने आयोजकले जानकारी गराएकाे छ ।
साे प्रतियोगितामा नेपालसहित १६ वटा एसियाली देश सहभागी हुँदैछन् । जसमा पुरुप रग्बी सेभेन्स तर्फ १४ वटा टिम र महिला रग्बी सेभेन्समा ७ वटा टिमले सहभागिता जनाउने छन् ।
एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलहरुले सहभागी जनाउने यस अन्तराष्ट्रिय प्रतियोगिताले नेपालमा खेल पर्यटन प्रवर्द्धन हुनेमा नेपाल रग्बी संघको विश्वास छ । यस प्रतियोगितामा करीव २ करोड १० लाख लागत लाग्ने अनुमान गरिएको संघले जानकारी दिएको छ ।