बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हिज्बुल्लाहको बर्तमान संघर्षको अन्त्य कसरी होला ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लोकनारायण सुबेदी
अहिले फेरि बल्झिएको पश्चिम एशियाको संकट एउटा जटील र दीर्घकालीन प्रकृतिको समस्या हो । यस युद्धले एउटा भयावहताको आशंका निरन्तर कायम राख्दछ । यसको केन्द्रमा इजरायल र पेलेस्टिनीहरुको भूमिको अधिकार र स्वायत्तताको बिबादको खाश भूमिका र इस्लामिक बिश्वको नेतृत्वको संघर्षले यसलाई अझ खतरनाक तुल्याइदिएको देखिन्छ । यो पश्चिम एशियामा साँस्कृतिक बिबिधताले समृद्ध लेबनान शिया सशस्त्र संगठन हिज्बुल्लाहको पकडमा रहेको समस्या बिश्लेषहरु बताउँदछन् । यस हिज्बुललाहको आक्रमकताका कारण  गाजा पछि अब इजरायलको नयाँ युद्धको मैदान यो बन्न पुगेको छ ।
यो लेबनानको सीमाना उत्तरमा सीरिया र दक्षिणमा इजरायलसँग जोडिएको छ । पश्चिममा भूमध्य सागर छ । लेबनानमा रहने गरेका धार्मिक समूहरुमा सुन्नी, शिया र ईसाई रहेका छन् ।शिया समूहमा ईरानको गहिरो प्रभाव रहेको छ र हिज्बुल्लाह, सीरिया तथा अन्य समूहरुकासाथ उसको साझेदरीले क्षेत्रीय स्थिरतालाई प्रभाबित तुल्याउँदछ । लेबनानको भौगोलि र साँस्कृतिक बिबिधताले यसलाई महत्वपूर्ण क्षेत्र बनाउँदछ् । तर ईरानको आर्थिक र सैन्य सहायताले शिया समूह हिज्बुल्लाह देशको राजनीति तथा समाजमा हावी रहेको छ । यही देशको समस्यको मूख्य कारण मानिन्छ । उत्तरी इजरायली सीमा लेबनानसँग जोडिन्छ जहाँ हिज्बुल्लाहको गतिबिधिहरुका कारण सुरक्षा सम्बन्धि चिन्ता कायम रहेका छन् ।
यही नै गोलान हाइट्स रहेको छ जसमाथि इजरायलले १९६७ को युद्धमा कब्जा गरेको थियो । त्यहाँबाट सीरियाका केही भाग र लेबनान देखिने गर्दछन् । पहाड र भञ्ज्याँङ्गले भरिएको गेलील क्षेत्र इजरायलको तेश्रो सबैभन्दा ठूलो शहर,बन्दरगाह र औद्योगिक केन्द्र हेफा रहेको छ । लेबनानको सीमानासँग जोडिएको इजरायललाई हिज्बुललाहले तारो बनाउने गरिरहन्छ । ती क्षेत्रमा हिज्बुल्लाहका गतिबिधिहरलाई समाप्त पार्नका लागि इजरायलले युद्धको सहारा लिएको छ । त्यसले गर्दा पश्चिम एशियामा कुनै ठूलो युद्धको खतरा बढ्न पुगेको छ । इजरायलको हमला आमरुपमा लेबनानको दक्षिणी भाग खाशगरी ती क्षेत्रहरुमा केन्द्रित  हुने गर्दछ जहाँ हिज्बुल्लाको उपस्थिति हुने गर्दछ । ती क्षेत्रहरुमा हिज्बुल्लाहका गढ दक्षिणी लेबनान, लेबनान र इजरायलका बीच रहेको शिबा फार्मस् जस्ता केही अन्य क्षेत्रहरु पनि छन् जहा इजरायले सीमानामा ड्रोन र हवाई हमला पनि गर्ने गरेको छ । लेबनानका केही समूहहरुसँग इजरायलको संघर्ष बितेका पाँच दशकदेखि भइरहेको छ । तर यस पटक यो संकट अझ बढी ठूलो बनेको छ । हिज्बुल्लाहलाई ईरानले अत्याधुनिक हतियारले सुसज्जित तुल्याएर राखेको छ । हिज्बुल्लाहसँग छोटा र मध्यम दुरीका रकेटहरु छन् जसको उपयोग इजरायलका बिरुद्ध गर्न सक्छ । तिनमा कात्युशा र फज्जर जस्ता रकेटहरु पनि सामेल छन् । उससँग तोपखानाका हतियारहरु पनि छन् जसको उपयोग जमिन सतहको लडाईमा गरिनसक्छ । हिज्बुल्लाहसँग एण्टी एयरक्राफ्ट प्रक्षेपास्त्र(मिसाइल)हरु पनि छन् जसबाट इजरायलका बिमानहरुमाथि लक्षित प्रहार हुन सक्छ । हिज्बुल्लाहसँग सञ्चार र तथा निगरानीका लागि उन्नत प्रबिधिका उपकरणहरु पनि छन् जसले युद्धका बेला लाभ प्रदान गर्दछन् ।ती हतियारहरुले हिज्बुल्लाहलाई इजरायलका बिरुद्ध आफ्नो सैन्य क्षमता बढाउनका लागि मद्दत गर्दछन् ।
इजरायलले आफ्नो उत्तरी सीमालाई सुरक्षित राख्नका लागि दक्षिणी लेबनानमा जमिनबाट हमला गर्ने योजना बनाइरहेको बताइन्छ । उसको यो कदम निकै खतरनाक हुनसक्छ । हिज्बुल्लाहले शिया समुदायमा शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरको क्षेत्रमा महत्वपूर्ण काम पनि गरेको छ । उसले स्थानीय स्तरमा आफ्नो सेवाहरुका लागि निरन्तर लोकप्रियता हासिल गरिरहेको वा गरिसकोको छ । हिज्बुल्लाह र अन्य लेबनानी समूहहरुका सबल प्रतिरोध इजरायली सेनाका लागि गम्भीर चूनौति साबित हुनसक्ने पनि बताइदैछ । स्थानीय नागरिकहरुको समर्थनले पनि उसलाई ऊर्जा प्रदान गर्न सक्छ ।जमिनबाट हुने हमलामा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक प्रतिकृया उत्पन्न हुन सक्छ, जसबाट इजरायलको अन्तर्राष्ट्रिय स्थिति प्रभावित हुनसक्छ । कयौं देशले यसलाई मानबाधिकारको उल्लंघन मान्न सक्छन् । संघर्षको क्रममा आम नागरिकहरुको हताहती हुने आशंका पनि बढ्न जान्छ, जसबाट अन्तराष्ट्रिय स्तरमा जनहितमा नकारात्मक प्रभाव पर्नेहुन्छ । लेबनानमा जमिनी संघर्षबाट त्यो पूरै क्षेत्रमा अस्थिरता बढ्न सक्छ जसले अन्य देशहरुलाई पनि प्रभावित तुल्याउन सक्छ । यदि संघर्ष बढ्यो भने त्यो एउटा दीर्घकालीन सैन्य अभियानमा बद्लिन सक्छ जसबाट इजरायललाई बढीभन्दा बढी संसाधनहरु  र सैनिकहरुको आबश्यकता पर्नसक्छ ।
यी सबै चूनौतिहरुका कारण इजरायलले जमिनबाट हुने हमलालाई निकै सोच बिचार पुराएर मात्र गर्नुपर्ने बिश्लेषकहरु औल्याउँदछन् । जानकारहरु मान्दछन् कि हमासभन्दा हिज्बुल्लाह बढी खतरनाक र संगठित पनि छ । हिज्बुल्लाहले प्रायजसो गुरिल्ला युद्धको रणनीति अपनाउने गर्दछ जसमा साना र त्वरित हमला गर्ने गरिन्छ । त्यस्ता हमलाहरु ऋचानक र एकाएक हुने गर्दछन् । अनि बिरोधीहरुलाई असमान्य स्थानहरुबाट निशाना बनाइने गरिन्छ । हिज्बुल्लाहको एउटा प्रमुख हमला रकेट र प्रक्षेपास्त्रहरुको उपयोग गर्नुमा छ । तिनले इजरायलका भित्री ठूला शहरहरु र सैन्य ठेगानालाई निशाना  बनाउँदछन् । अनि हिज्बुल्लाहले कहिलकाँही जमिनी हमलाको सहायता पनि लिने गर्दछ । जसमा उसले इजरायली सैनिकहरुको ठेगानामा हमला गर्दछ खाशगरी दक्षिणी लेबनानमा । यस संगठनले कतिपय मामिलामा आत्मघाती हमलाहरुको पनि सहायता लिने गरेको छ जसमा सदस्य स्वयंले आफुलाई बिस्फोटहरुकासाथ लक्षित स्थानमा लगेर हमला गर्दछन् । हिज्बुल्लाहले आफ्ना हतियारहरु र सैनिकहरुलाई सुरक्षित ठेगाना र सुरुङ्गहरुमा लुकाइछिपाई राख्ने गर्दछ ।जसबाट उनीहरुलाई दुश्मनको हमलाबाट बचाउन मद्दत मिल्दछ । हिज्बुल्लाहले दक्षिण लेबनानका इलाकाहरुमा सुरुङ्गहरुको ब्यापक जाल पनि बिछ्याइरोको बताइन्छ ।ती इलाकाहरुमा इजरायलका सेनाहरुलाई जमिनी हमला गर्दा ठूलो नोक्सानी हुने गर्दछ भनिन्छ ।
हिज्बुल्लाहले हमलाको योजना बनाउन र तिनलाई प्रभाबकारी तुल्याउनका लागि बिस्तृत गुप्तचरहरुको उपयोग गर्ने गर्दछ जसमा स्थानीय नेटवर्क र सामुदायिक सहायता पनि शामेल हुन्छ । इरानले हिज्बुल्लाहलाई समर्थन गर्ने र सहायता दिने गर्दछ । अनि यदि उ लेबनानमा सकृयरुपले सामेल हुन्छ भने त्यसले इजरायलसँगको संघर्षलाई अझ थप भड्काउन सक्छ । ईरान प्रत्यक्षरुपमा युद्धमा सामेल हुनुले साऊदी अरब तथा अन्य खाडीका देशहरुमा क्षेत्रीय तनाब पनि अझ बढाउन सक्छ । अनि ईरानको सैन्य हस्तक्षेपले संघर्षलाई पनि दीर्घकालीक रुप दिन सक्छ । जसबाट शान्ति स्थपना गर्न अझ कठीन हुनजानेछ । लेबनानमा यसरी युद्ध अझ बढ्न गएमा क्षेत्रीय तथा बिश्वब्यापी स्थिरतलाई पनि खतरा पैदा हुनसक्छ । यस प्रकारको स्थिति बिकसित हुन नदिन हर सम्भव प्रयाश गरिनु पर्ने युद्ध बिश्लेषकहरुको निष्कर्श छ । त्यसैले युद्धको जड रहेको इजरायली अतिक्रमण र त्यसलाई आडधाप र नेतृत्व दिने अमेरिकी नेतृत्वको नाटोका देशहरुले बेलैमा सोचेनन् भने यो लम्बिदो युद्धले संभाबित बिश्व युद्धको दिशामा बिश्वलाई धकेल्न सक्छ । यो खतरा टरेन भने बिश्व बिध्वंश अबश्यंभावी छ ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

११ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक