बिहि, बैशाख ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ नोट ढुकुटीमै ‘सिलप्याक’

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नजिकिएकाे दसैँका लागि ‘सुकिला नोट’को वितरण आजदेखि सुरु भएकाे छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटही गर्न सकिने छ ।

बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको जनाए । ‘सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,’ प्रवक्ता पौडेलले भने, ‘बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।’
यस्ताे छ सुकिलो नोट?

सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो ।

आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने जनाउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।

नयाँ नोट ‘सिलप्याक’

बजारमा नयाँ नोटको सट्टा सुकिला नोटको वितरण गर्ने निर्णय गरेका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका कर्मचारीमार्फत हुनसक्ने नयाँ नोटको चुहावटमा समेत कडाइ गर्न निर्देशन दिएका छन् ।

मुद्रा व्यवस्थापन विभागका उच्च तहका कर्मचारीलाई गभर्नर अधिकारीले ‘एक बन्डल नयाँ नोट पनि बाहिर नजाओस्’ भन्ने निर्देशन दिएका छन् । ‘बजारको आलोचना खेपेर नयाँ नोट नपठाउने निर्णय गरेको छु, भित्रभित्रै दुरुपयोग नहोस् भन्ने गभर्नरज्यूको निर्देशन छ,’ मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीले भने, ‘अहिले सिलप्याक गरेर राख्नुस्, तिहारपछि भेरिफाइ गर्नुपर्छ भन्ने निर्देशन छ ।’

दुई अर्ब बचत हुने दाबी

राष्ट्र बैंकले २०७९ सालमा झन्डै २२ अर्ब रुपैयाँको नयाँ नोट सटही गरेको थियो । अघिल्लो वर्ष भने यसका लागि झन्डै १३ अर्ब रुपैयाँ छुट्टाएको थियो । तुलनात्मक रुपमा कम रकम छुट्टाउँदा अघिल्लो वर्ष बजारमा नयाँ नोटको अभावको अवस्था समेत देखिएको थियो ।

यसरी बजारमा माग हुनेजति सटही गरिदिँदा २०/२२ अर्बको नयाँ नोट बजारमा जाने भन्दै यसको छपाइ लागत डेढदेखि दुई अर्ब लागत पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । नयाँ नोटको वितरण रोक्दा त्यो पैसा बचत हुने उनीहरूको एकसरो बुझाइ छ । यद्यपि सुकिला नोट भनेर वितरण गरिएको नोट पनि थप झुत्रो हुनसक्ने अवस्थामा नयाँ नोट साट्दाको ‘खुद बचत’ कति हो भन्नेबारे यकिन छैन ।

‘सुकिलो नोटप्रति छैन उत्साह’

अग्रिम टिकटको बुकिङ र नयाँ नोटको सटहीलाई आम नागरिकले दसैँको माइलस्टोनको रुपमा बुझ्दै आएका थिए । शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको छ भने आजदेखि नोट सटही पनि सुरु हुँदै छ ।

तर, नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने भएपछि नोट सटहीमा उत्साह देखिएको छैन । दुई वर्ष अघिसम्म राष्ट्र बैंकमा सहकारी संस्थाहरुले लाखौं सहटी गरेर लगेर बाँड्थे । कलंकीस्थित एक सहकारीका प्रबन्धक भन्छन्, ‘पोहोर सहकारीलाई राष्ट्र बैंकले सटही गरिदिएन तरपनि सोधखोज ब्यापक थियो, यसपाली नयाँ नोट नदिने भनेपछि चासो नै कम भएको छ ।’

कतिपयले भने राष्ट्र बैंकको यो कदमलाई बहुसंख्यक नेपालीको सांस्कृतिक आस्थामाथिको प्रहारको रुपमा समेत अर्थ्याउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीको मूल्य बढ्याे

६ दिन अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

बजारमा आज सुनचाँदीको मूल्य बढ्याे

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक