काठमाडौं। रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएपछि सिन्धुली र रामेछापबीचको सम्पर्क विच्छेद भएको छ।
शनिबार गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको यातायात सम्पर्क टुटेको हो।
पुल बगेपछि रामेछाप, ओखलढुंगा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको छ। सिन्धुलीको खुर्कोट बजार र मुलकोट बजारमा पनि बाढी पसेर क्षति गरेको छ।