बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कार्कीको निधन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कार्कीको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको निधन भएको छ । २०११ सालमा जन्मिएका कार्की लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेका थिए ।

कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवासमा निधन भएको हो । गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । तर आर्थिक अभावले ढिला भएको थियो । कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता सुुरु गरेका थिए ।

कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए ।

पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीबाट दर्ता गरेका थिए ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष एवं जनआस्थाका सम्पादक किशोर श्रेष्ठ नेपाल पत्रकार महासंघको महासचिव भएका बेला कार्की महासंघको केन्द्रीय उपाध्यक्ष थिए ।

कार्कीले २०४६ साल र २०६२–६३ को जनआन्दोलन सफल बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका उनका समकालीनहरु जनाउँछन् । कार्की संविधान सभाका लागि नागरिक अभियानको उपाध्यक्ष भएर संविधान सभा चुनावमार्फत संविधान बनाउनुपर्छ भन्ने आन्दोलनमा पनि क्रियाशील थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेलसमेत परेका थिए । उनका एक श्रीमती भगवती, छोरी निरु , बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्ष अघि मृत्यु भइसकेको छ ।

कार्कीले वामपन्थी आन्दोलन र पत्रकारिताका माध्यमबाट समाजको अग्रगामी रुपान्तरणमा खेलेको भूमिका अविस्मरणीय रहेको नागरिक अभियान्ता एवं अधिवक्ता पदम कार्की जनाउँछन् । पञ्चायतकालमा कम्युनिष्ट नेता कार्यकर्ता र वामपन्थी पत्रकारका लागि कार्कीको निवास सेल्टर जस्तै बनेको समेत पदम कार्कीले स्मरण गरे ।

नेकपा मसालबाट राजनीति सुरु गरेका कार्की संयुक्त जनमोर्चा, एकता केन्द्र हुंदै माओवादी केन्द्र निकट थिए ।

यो पनि पढ्नुहोस्

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

१२ मिनेट अगाडि
राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक