शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अनरा दिशानायके राष्ट्रपति चुनिदा भारती सोचको यस्तो अबस्था

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

बिश्वका अन्य देशका निर्वाचनहरुमा घोर दक्षिणपन्थी र दक्षिणपन्थीहरुले पकड जमाउदै गरेको देखिदै गरेको बिश्वमा यति बेला श्रीलंकामा भने माक्र्सबादी बिचारधारा अबलम्बन गर्ने जनता बिमुक्ति पेरेमुना (जेभिपी)का नेता अनरा दिशानायके गएको आइतबार राष्ट्रपति पदमा निर्बाचित हुँदा धेरैले आश्चर्य प्रकट गरेका छन् । पूँजीवादी शासन ब्यवस्थाको लामो समयबाट सानो देश श्रीलंकामा ५५ बर्षीय दिशानायकेलाई यस कारणले त्यहाँका जनताले भरोसा र बिश्वास गर्न पुगेका छन् कि उनी एकजना मजदुरका छोरा हुन् भनेर मात्र गरेका होइनन् । दिशानायके भ्रष्टाचारका बिरुद्ध लड्दै आएका र आर्थिक सुधार ल्याउनसक्ने बिकल्पकोरुपमा श्रीलंकाली जनताले उनलाई बिजय गराएका हुन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दुइ चरणको मतदानपछि त्यस पदमा निर्वाचित दिशानायकेले यस कारण बिजय प्राप्त गरे कि शीर्ष स्थानमा रहेका दुइ उम्मेद्वारामध्ये कसैले पनि चाहिने पच्चास पतिशत मत ल्याउन सकेका थिएनन् । उत्तर मध्य श्रीलंकाको एउटा गाउँ थम्बुटेगामाका अनुरा दिशानायके जनता बिमुक्ति पेरामुना(जेभीपी)का नेता हुन जसले नेशलन पिपुल्स पावरसँग गठबन्धन गरेका थिए । यस अघि २०१९ को चुनावमा केवल ३ प्रतिशत मत मात्र पाएका दिशानायकले यस पटक भने ४२.३१ प्रतिशतजतिको शानदार मत प्राप्त गरेर आफ्ना प्रतिद्वन्द्वी सजीथ प्रेमदासा ३२.७६ प्रतिशत)लाई निक्कै नै पछाडि छोडिदिएका छन् । यसरी अप्रत्याशित लाग्ने बिजय प्राप्त गरेर उनले गएको सोमबार राष्ट्रपति पदको सपथ ग्रहण पनि लिइसकेका छन् ।

यो निर्वाचनमा बामपन्थीहरुको बर्चश्व स्थापित भएको देखेर भारतीय सत्ताको मन भने निकै अमिलो भएको बुझिन्छ । यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिशानायकेलाई बधाई दिदै ‘भारतको नेभरहुड फस्र्ट’ भन्ने बिदेश नीति र दृष्टिकोणले श्रीलंकाको बिशेष स्थान छ’ भन्ने दर्शाएका छन् । त्यसका लागि श्रीलंकाका नब निर्बाचित राष्ट्रपति अनरा दिशानायकेले पनि परस्पर सहयोगका लागि आफ्नो प्रतिबद्धत जनाइ पनि सकेका छन् । श्रीलंकामा भारतका उच्च आयुक्त सन्तोष झाले पनि दिशानायकेलाई भेटेरै भारतको तर्फबाट उनलाई बधाई दिइसकेको छ । भन्नका लागि त मोदी र श्रीलंकाका नब निर्बाचित राष्ट्रतिले एक अर्कालाई सम्मान दर्शाउने किसिमको बयान दिएका छन् । प्रायः यस्ता अवसरहरुमा औपचारिकताबश यस प्रकारका सम्मानपूर्ण सन्देशहरु आदान प्रदान हुने नै गर्दछन् । तर मूलरुपमा हेरिनु त के पर्छ भने नयाँ राष्ट्रपतिको भारतप्रति र भारतको नयाँ राष्ट्रपतिप्रति दृष्टिकोण र ब्यवहार के कस्तो हुने हो । अहिलेसम्म देखिदै आएको के छ भने भारतीय सत्ता प्रतिष्ठानको आफ्ना वरिपरीका छिमेकीहरु कुनैसँग पनि त्यस्तो भन्ने गरिएजस्तो सुमधुर सम्बन्ध रहने गरेको देखिदैन जत्तिको मोदी प्रधानमन्त्री बन्नेभन्दा पहलिा केही हुने गरेको देखिन्थ्यो । अहिले त भारतसँग उसका छिमेकी देशहरुसँग कुनै न कनै समस्यालाई लिएर सम्वन्ध त्यति सहज रहेको देखिदैन । तर भारतले भने त्यसो हुनुमा भारतका छिमेकी देशहरुमा चीनको बढ्दो प्रभावको कारण त्यसो भएको भाष्य निर्माण गर्ने र वास्तबिक यथार्थलाई लुकाउने छिपाउने गर्दै आएको छ ।

हुन पनि अनेक कारणले चीनले पनि श्रीलंकामा दृष्टि दिने गरेकै छ । त्यहा गोटायेबा प्रेमदासाको कालखण्डमा श्रीलंकाको एउटा द्विप हम्बनटाटामा चीनले सैनिक अखडा राख्न खोजेको थियो भन्ने समेत भारतको दाबी छ । जसबाट उसले भारत र सम्पूर्ण हिन्द महासागरीय क्षेत्रको दक्षिणी भागमा नजर राख्न सकिने थियो भन्ने दाबी पनि गर्ने गरिएको छ । अरु कारणहरुमा भने भ्रष्टाचार, नाताबाद कृपाबाद, बिग्रँदो अबस्था र खस्कदो अर्थब्यवस्था, प्रेमदासाका बिरुद्ध फैलदो जनाक्रोस आदिले गर्दा उनले पद छोड्नु परेको पनि यस सन्दर्भमा औंल्याइएको छ । त्यसपछि चीनको त्यो क्षेत्रमा प्रबेश रोकिएको भन्ने पनि भारतको आकलन छ । अब यो श्रीलंकाको नयाँ सरकारले कस्तो दृष्टिकोण र ब्यवहार गर्दछ हेर्नुपर्ने हुन्छ भन्ने गथासो पनि भारतको सत्ताबृत्तले गर्दैछ । बैचारिकरुपले दिशानायके चीनको नजिक हुनाले भारतको आशंका रहेको र भारतभन्दा चीनलाई बढी प्राथमिकता दिन सक्ने लख पनि काटिदैछ । अनि त्यसो भएमा भारतका लागि कठिनाईहरु बढ्न सक्ने सम्भावना छ भन्ने पनि नयाँ दिल्ली बृत्तको कथन छ ।

यद्यपि कतिपय बिश्लेषकहरुको के मान्यता पनि छ भने बर्तमान कालखण्डमा मध्यममार्गी हुनु नै श्रीलंकाका बाम पार्टीहरुको पनि बाध्यता रहेको छ । श्रीलंकामा कुनै पनि प्रकृतिको सरकार आओस् त्यसले भारतलाई नजर अन्दाज या वेवास्ता गर्न मिल्दैन भन्ने अह. पनि भारतीय सत्ताधारीहरुले पालेकै छन् ।हुन पनि प्रेमदासा सरकारकनीतिहरु तथा भ््रष्टाचाका बिरुद्ध जुन नेताहरु सबैभन्दा मुखर रहेका एि तीमध्येमा दिशानायके नै बढी अग्रभागमा रहेका थिए । उता चीनले पनि यो दिशानायकको बिजयमा खुशी प्रकट गरेको छ । चीनको सरकारी बर्चश्व रहेको पत्रिका ग्लोबल टाइम्सले लेखेको छ कि ‘दिशानायकेको बिजयले भारतमाथिको श्रीलंकाको निर्भरतामा कमी आउने छ’ ।

त्यसो त केही दिन पहिला जति बेला दिशानायके भारतको भ्ररमण गएका थिए र भारतीय बिदेशमन्त्री सुब्मन्यम जयशंकरलाई पनि भेटेका थिए । उनले भारतसँग श्रीलंकाको राम्रो सम्बन्धको कुरा गरे र त्यसको आवश्यकता रहेको पनि जनाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका थिए ।यद्यपि बैचारिकरुपले भने दिशानायके भारत बिरोधी रहेको पनि स्वयं भारतीय सत्ताको सेरोफेरोमा रहेकाहरु नै उल्लेख गर्न बिर्सदैनन् र त्यसलाई भारतको एउटा चूनौति नै हो भन्ने पनि ठान्दछन् । हुन त श्रीलंकली मामिलाका कतिपय भारतीय बिश्लेषकहरु के पनि मान्दै आएका छन् भने दिशानायके बैचारिकरुपले चीन निकट देखिए पनि केही बर्र्षयतादेखि उनको बिचारमा निकै सन्तुलन आएका पनि छ । उनीहरु के पनि भन्न पछि पर्दैनन् भने बिपक्षमा रहँदा जस्तो बिचार कुनै पनि नेताले ब्यक्त गर्ने गर्दछन् सत्तामा पुगेपछि प्रायजसो तिनमा परिबर्तन पनि देखिने गरेको छ । त्यसलाई शासन सत्ता चलाउन लचिलो बन्नु पर्ने आबश्यकता पर्दछ भन्ने एक किसिमको मनोबैज्ञानिक दबाब पनि भारतले दिने गरेको छ । त्यसैले के पनि मानिदैछ भने श्रीलंकाको आर्थिक दुराबस्थाको स्थितिमा भारतले श्रीलंकालाई जे जस्तो सहयोग गरेको थियो त्यसको ख्याल दिशानायकेले राख्नु पर्दछ भन्ने दबाब पनि भारतको छ । यस दृष्टिले हेर्दा श्रीलंकाको नयाँ सरकारले भारतलाई बाहिर राखेर कुनै भिन्न नीति बनाउन सक्तैन भन्ने दबाव पनि दिइरहेको देखिन्छ । त्यत्ति मात्रै नभएर श्रीलंकाले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्ध र समान ब्यवहार गर्नु पर्दछ पनि भनिदैछ । दुबैका नजिक पनि श्रीलंका आउन सक्तैन र टाढा पनि जान सक्तैन भन्ने तिनको बिश्लेषण छ ।श्रीलंकाको भौगोलिक स्थिति पनि केही भिन्न र यस्तो रहेको छ कि क्षेत्रीय सुरक्षालाई मध्यनजरमा राखेर उसले भारतको साथमा रहनु बढी श्रेयस्कर हुने कुराको दबाब पनि भारतले दिन चुकेको छैन । यसका अतिरिक्त श्रीलंकाको आन्तरिक राजनीतिको हिसाबले पनि दिशानायके सम्भवतः चीनको त्यत्ति नजिक जान चाहँदैनन् पनि भनिदैछ । त्यसका पनि मूलतः दुइटा कारण दिइदैछ । भारतको भाष्य अनुसार पहिलो कारण के भने चीनको कथित बिस्तारबादी नीतिसँग सारा बिश्व अबगत छ । दोश्रो कुरा चीनसँगको निकटताको कारण प्रेमदासाको कस्तो अबिगत भयो त्यो पनि दिशानायकेले देखेकै हुनुपर्दछ भन्ने समेत भारतको कथन छ । यी सबै कुरा गरेर दिशानायकेलाई चिनतिर ढल्किन नदिन भारत जोडतोडले लागेको देखिदैछ । छिमेक सम्बन्धमा रहेका असमानताका अप्ठेराहरुलाई पञ्छाउनेभन्दा पनि भारत आफ्ना वरिपरीका छिमेकीहरुमा जोसुकै शासन सत्तामा आए पनि तिनले भारतीय बर्चश्वलाई परोक्षा प्रत्यक्षरुपमा मान्नु पर्दछ भन्ने दलिल दिने गर्दछ । त्यसैले अहिले पनि दिशानायकेको बैचारिक निकटता जता भए पनि भारतले पाउने गरेको स्थान गुम्ला भन्ने पीर निकै नै लिएको देखिन्छ ।यसले भारतको ‘छिमेकी पहिला’ नीतिको अन्तर्यमा के रहेछ भनेर बुझ्न पनि मद्दत मिलेको छ ।  जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

नाटककार रत्न बेहोसीको निधन

नाटककार रत्न बेहोसीको निधन

९ घण्टा अगाडि
कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक