बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

उदाए वामपन्थी राष्ट्रपति, यता भगौडाको स्वागत !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

व्यापारीलाई मुनाफाकै चिन्ता र चासो हुन्छ, स्वाभाविक पनि हो । तर नेपालका अर्बपति व्यापारी नेपाली कांग्रेसका नेता विनोद चौधरी भने श्रीलंकामा पुगेर पनि विवादास्पद गतिविधिमा संलग्न हुने गरेको पुष्टि हुने गरी एउटा घटना सार्वजनिक भएको छ । चौधरीले श्रीलंकाका भगौडा राष्ट्रपतिलाई नेपालमा निम्त्याएपछि उनी आलोचित बनेका छन् । केही अनलाइन समाचारमाध्यमले चौधरी र श्रीलंकाका भगौडा राष्ट्रपति गोटाबाया राजपाक्षबीचको सम्बन्धमाथि प्रश्न उठाएका छन् ।

श्रीलंकामा सम्पन्न पछिल्लो निर्वाचन परिणामले कम्युनिष्ट नेता अनुरा कुमारा दिशानायकेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । नेपालमा विवादित काममा चर्चा कमाएका चौधरीले भने श्रीलंकाका भगौडा राष्ट्रपतिसँग त्यस्तै विवादास्पद कामहरुमा लाभ लिन सम्बन्ध बनाएका हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । कम्युनिष्ट राष्ट्रपति विजयी हुनु र भगौडा राष्ट्रपतिसँग नेपाली अर्बपतिको विवादास्पद सम्बन्ध सतहमा देखापर्नुले चौधरीमाथि अर्को प्रश्न थपिएको छ ।

श्रीलंकाको आर्थिक संकटको कारक राजपाक्ष परिवारलाई मान्ने गरिन्छ । हुन पनि श्रीलंकामा लामो समयसम्म राजपाक्ष परिवारको नै हालिमुहाली रह्यो । राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्री र राज्यका अन्य उच्च निकायहरुमा राजपाक्ष परिवारका सदस्यहरु नै थिए । तर, एउटै परिवारको मुठ्ठीमा देशको बागडोर पुग्दा श्रीलंकाको अवस्था दिनानुदिन खस्किन थाल्यो । जनता आजित भएपछि सन् २०२२ मा ठूलो आन्दोलन भयो । त्यतिबेला राष्ट्रपति रहेका गोटाबाया र राजपाक्ष परिवार देशबाट भाग्न बाध्य भए ।

उनै गोटाबाया चौधरीको निमन्त्रणमा नेपाल आएका हुन् । यसले राजपाक्ष परिवारसँग चौधरी ग्रुपको नजिकको सम्बन्ध देखिन्छ । चौधरी समूहले श्रीलंकामा समेत विभिन्न क्षेत्रमा लगानी गरेको र उनलाई नेपाल भ्रमणका लागि यसअघिबाटै आग्रह गर्दै आएको थियो । तर, श्रीलंकामा चौधरी परिवारले गरेको लगानी पनि विवादास्पद छ । राजपाक्ष परिवारसँगको सम्बन्धबाट गैरकानुनी ढंगले लगानी गरेकोलगायत आरोप चौधरीमाथि श्रीलंकाका सञ्चारमाध्यमले नै लगाउँदै आएका छन् ।

चौधरी नेपालमा पनि उत्तिकै विवादास्पद व्यापारी हुन् । चौधरीको परिवारले नेपालको कानुन छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको थियो । २०७८ सालमा सार्वजनिक प्यान्डोरा लिक्सका अनुसार नेपाली ‘कानुनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरीसहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुकमा लगानी गरेको तथ्य फेला परेको थियो । विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता भएको खुलेको थियो ।

यस्तै, बाँसबारीको जग्गा प्रकरणमा पनि चौधरी परिवार मुछिएको छ । बाँसबारीको सरकारी जग्गा चौधरी परिवारले आफ्नो नाममा गरेको आरोप छ । यही प्रकरणमा विनोद चौधरीसँग प्रहरीको सीआईबीले बयान लिएको थियो । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । विनोद चौधरी च्याम्पियन फुटवेयर लिमिटेडका शेयर धनी एवम् तत्कालीन सञ्चालक समिति सदस्य हुन् । सरकारी जग्गा गैरकानुनी रुपमा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको खुलेपछि चौधरी पनि अनुसन्धानको दायरामा तानिएका थिए ।

नेपालका उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई विभाजन गर्नेसम्मका काम गरेको आरोप लागेका चौधरी विश्वका धनीहरूको सूचीमा उक्लिरहे पनि उनले चौधरीले नेपालमा तिर्ने आयकर र भ्याटको हिस्सा भने निकै कम हुने गरेको छ । तर पछिल्ला दिनमा राजनीतिक शक्तिको आडमा उनले कानुनबाटै उन्मुक्ति पाइरहेको पनि आरोप लाग्ने गरेको छ । उनै चौधरीको श्रीलंकालाई संकटमा पार्ने राजपाक्ष परिवारसँग सम्बन्ध देखिनु शंकास्पद देखिएको हो । कतै राजपाक्ष परिवारको अवैध लगानी नेपालमा पनि भएको हुनसक्ने आशंका अहिले विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।

देशको कानुन र दायराभित्र रहेर गरिने कुनै पनि कारोबारलाई शंका गर्न पर्दैन । तर पटकपटक कानुन उल्लंघन गरेको आरोप लागेका, व्यापारिक गतिविधि शंकास्पद रहेको भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि विवादमा आएका व्यक्तिहरुको लगानी तथा कारोबारलाई सरकारले पनि नियमन गर्न आवश्यक छ । यस्तै, एउटा परिवार नै आर्थिकदेखि राजनीतिकसम्म हावी हुँदा श्रीलंकाको के अवस्था भयो ? यसलाई पनि मनन गर्न र नेपालमा पनि त्यस्तो अवस्था आउन नदिन ध्यान दिन आवश्यक छ । जनधारणा साप्ताहिक

 

 

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

११ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक