शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रिप्टो कारोबारीसँग ५० लाख असुल्ने २ प्रहरीलाई कारबाही सिफारिस

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सवारीसाधन हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न तालिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ । उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो ।

कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार, छानबिनका क्रममा परिसरको प्रविधि अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खड्का र जवान साजन शर्माको भूमिका शंकास्पद रहेको खुलेको छ ।

कार्यालयकै प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले छानबिन गरी सोमबार प्रतिवेदन बुझाएको हो । केसीबाहेक काठमाडौं प्रहरी परिसरको टोलीलेसमेत अर्का एसपी नवराज अधिकारीको नेतृत्वमा पनि समिति बनाएको थियो । यद्यपि उनीहरुले रकम लिएकोबारे भने पुष्टि भएको छैन । एसएपी घिमिरेले भने, ‘‘खड्का र शर्माको भूमिका केही शंकास्पद देखिएको छ । रकम उनीहरुले ठ्याक्कै लिएको देखिएको त छैन । तर, प्रविधिको विश्लेषण गर्दा उनीहरुको कमजोरी देखिन्छ ।’’

सोमबार एआईजी किरण बज्राचार्यलाई बुझाएको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीका लागि मंगलबार काठमाडौं प्रहरी परिसरलाई पठाउने तयारी भएको जानकारी एसएसपी घिमिरेले दिए । क्रिप्टो कारोबारको आशंकामा पक्राउ परेका युवाका दिदीले आशिषकै साथी भक्तपुरका तेजबहादुर तामाङलाई ५० लाख रुपैयाँ काठमाडौंको महाबौद्धमा बुझाएको खुलेको छ । तामाङले ३५ लाख रुपैयाँ आफ्नै बैंक खातामा राखेको पनि खुलेको छ । बाँकी १५ लाख रुपैयाँ भने के गरे त्यो खुलेको छैन ।

उक्त घटनाको छानबिन गर्न छुट्टाछुट्टै कार्यालयबाट समिति गठन भएको थियो । दुई समिति आवश्यक नदेखिएपछि एसपी अधिकारी नेतृत्वको समितिले छानबिन रोकेको थियो । एसपी केसी नेतृत्वको समितिले प्रतिवेदन उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बज्राचार्यलाई बुझाएको हो ।

आशिष आचार्य र तेजबहादुर तामाङ दुवै क्यानाडामा सँगै बस्ने रुम पार्टनर हुन् । उनीहरु दुवै जना केही समय पहिलामात्रै नेपाल आएका थिए । नेपालमा बस्दा तेजबहादुर तामाङकै सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले भदौ २१ शुक्रबारका दिन आशिषलाई अनामनगरबाट पक्राउ गरी सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेको थियो । तेजबहादुर र सहायक प्रहरी हवल्दार गणेश खड्का पहिलादेखि नै चिनजानका साथी हुन् ।

आशिषलाई दुई दिनसम्म मुद्दा नचलाई थुनामा राखेका थिए । आशिषका दिदीले ५० लाख रुपैयाँ तेजबहादुर तामाङलाई बुझाएपछि मात्रै छुटेका थिए । घटना लगत्तै आशिष र तेजबहादुर दुवै क्यानाडा फर्किएपछि प्रहरीले थप अनुसन्धान गर्न सकेन ।

यो पनि पढ्नुहोस्

मापसे जाँच तीव्र

२ हजार ६९२ जना सवारी चालक कारबाहीमा

१ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ध्यान पुगोस् बजेटमा विभेद नहोस् !

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक