आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अर्जुन आचार्य

विराटनगर । सहकारी ठगीका नयाँनयाँ समाचार आइरहँदा झापा शिवसताक्षी नगरपालिका–३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ता र सेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ ।

संस्थाका अध्यक्ष सुमन खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको हो । ठगीमा संलग्न खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

२०७९ साल मंसिरमा निर्वाचन हुनुपूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए । ‘तपाईंहरूको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’ उनले चुनाव अघि भनेका थिए ।

तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरूले नपरपालिकाको सहकारी शाखामा उजुरी दिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेको शाखा अधिकृत बद्री दाहालले जानकारी दिए ।

‘यहाँ उजुरी आएको थियो । हामीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेका छौँ,’ दाहालले भने ।

जिल्ला प्रहरी कार्यालयलाई छानबिनको सिफारिस गरेसँगै सुमन भने मोबाइल ‘अफ’ गरेर फरार रहेको पीडित बताउँछन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले उक्त उजुरीको विषयमा छानबिन भइरहेको र केही दिनपछि रिजल्ट दिने बताए ।

केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरु संलग्न नभएको विवरणसहितको कागजमा हस्ताक्षर गरेको पीडित बताउँछन् ।

‘२२ दिन अगाडि उजुरी परेको थियो । हामी छानबिनकै क्रममा छौँ । केही दिनपछि हामी रिजल्ट दिन्छौँ,’ प्रहरी उपरीक्षक केसीले भने । उता, सो सहकारीका लेखा समिति संयोजक सुुमन कटुवालले आफू पनि अध्यक्ष खनालबाट ठगिएको बताए ।

‘मेरो पनि ११ लाखभन्दा बढी रकम डुबेको छ । म पनि लेखा समिति संयोजक हुँ । आफैँ डुबेको छु । यस्तै छ,’ उनले भने ।

केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरु संलग्न नभएको विवरणसहितको कागजमा हस्ताक्षर गरेको पीडित बताउँछन् ।

 

‘योजनामै रकम घोटाला गरेको देखिन्छ,’ एक पीडितले भने । अहिले जग्गा दिन्छु भनेको उनको भनाइ छ । ‘मंगलबारेभन्दा माथितिर रहेको २ कठ्ठा जग्गा र गाउँमा रहेको खेतीको १२ कट्ठा जग्गा बेचेर तिर्छु भनेका छन्,’ ती पीडितले भने, ‘जग्गा कसरी सकार्ने भन्ने छलफलमा छौँ ।’

खनालको ठगी धन्दा

उक्त सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । आर्थिक वर्ष २०७८-०७९ मा उनले ७० हजार सेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।

सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेका थिए । उनले बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा कलेक्टरहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९-८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचतखातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८-७९ मा रमेश अधिकारीको नाममा रहेको १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७९-८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरे पनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएका थिए ।

आर्थिक वर्ष २०७७-०७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको भनी वित्तीय विवरण तयार पारियो । आर्थिक वर्ष २०७८-७९ मा उन्नती साकोसको नाममा ५ लाखको कर्जा संस्थाले सेयर सदस्यलाई लगानी गरेको नभइ अध्यक्ष सुमन खनालले नै मनखुसी चलाएका थिए ।

आर्थिक वर्ष २०७८-७९ मा रमेश अधिकारीको नाममा रहेको १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ ।

सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८-७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९-८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष खनालले आफ्नोे सेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।

‘उल्लेखित कैफियतहरूलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८-७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै आर्थिक वर्ष २०७९-८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

२ घण्टा अगाडि
लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

३ घण्टा अगाडि

अध्यक्ष खनालले आफ्नोे सेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ । राताेपाटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक