सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनमा सम्बन्धबिच्छेदका घटना बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा पछिल्ला वर्षहरुमा सम्बन्धबिच्छेदका घटना बढिरहेको विभिन्न तथ्यांकले देखाएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार चीनमा पछिल्लो समय विवाह दर समेत घट्दो क्रममा रहेको छ । सरकारी तथ्यांकले के देखाउँछ भने वार्षिक रुपमा २०१३ मा विवाह गर्नेको संख्या लगभग १ करोड ३० लाख रहेकोमा २०२२ मा आइपुग्दा ७० लाखभन्दा कममा झरेको छ ।

चीनको तथ्यांक विभागले सार्वजनिक गरेको यो तथ्यांकले १९८५ पछिकै सबैभन्दा थोरै विवाह भएको देखाउँछ । गत वर्ष भने यो तथ्यांकमा केही मात्रामा वृद्धि देखिएको थियो । अर्थात २०२३ मा विवाहको संख्या ८० लाख पुगेको थियो । तैपनि पछिल्ला वर्षहरुमा देखिँदै गरेको आम प्रवृत्तिलाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

यसैबीच, सम्बन्ध विच्छेदको संख्या उल्लेख्य रुपमा बढिरहेको छ । २०१९ मा डिभोर्स गर्नेको संख्या ४७ लाख थियो । जुन तथ्यांक दुई दशकअघिको तुलनामा दुई गुणा बढी हो ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको सरकारले भने यो अवस्थालाई सुधार्न विभिन्न प्रयास गरिरहेको छ । विशेषगरी जोडीहरुलाई डिभोर्स गर्नुअघि विभिन्न मापदण्ड पूरा गर्नुपर्ने जस्ता प्रावधान पनि चिनियाँ सरकारले ल्याउन थालेको छ ।

२०२१ मा सरकारले नयाँ कानुन ल्याउँदै डिभोर्स गर्नुअघि उक्त जोडी ३० दिनको ‘कुलिङ अफ’ अवधिमा जानु पर्ने प्रावधान बनाएको छ । यस्तो प्रावधानले छोटो समयका लागि अस्थायी रुपमा डिभोर्समा केही गिरावट देखाए पनि २०२३ मा फेरि २५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

विशेषगरी आम चिनियाँहरुको जीवनमा देखिएका यी दुई परिवर्तनले समग्र चीनमा जनसांख्यिक संकट निम्त्याइरहेको बताइन्छ । जहाँ सुस्त अर्थतन्त्र, तीब्र रुपमा बढिरहेको जनसंख्या र दशकौंदेखिको एक सन्तान नीतिपछि सन्तान जन्माउने महिलाहरुको संख्यामा पनि कमी देखिएको छ ।

‘डिभोर्स इकोनोमी’

यसरी डिभोर्सको प्रवृत्तिसँगै चीनमा पछिल्लो समय युवाहरुमा विवाहप्रतिको अवधारणामा परिवर्तन आउन थालेको छ । अर्थात् विवाह गर्न र परिवार बनाउन नचाहने युवाहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको विभिन्न तथ्यांकले देखाएका छन् ।

जवकि चिनियाँ समाजमा डिभोर्स गर्नुलाई कलंक मानिन्थ्यो । र जसले विवाह गर्छ उसका लागि छुटिन पनि पहिले झैं मुस्किल हुने छैन । यसरी सांस्कृतिक रुपमा देखिएको यस्तो परिवर्तनसँगै चीनमा डिभोर्सलाई लिएर विभिन्न व्यवसायहरु पनिसञ्चालन हुन थालेका छन् ।

जस्तो कि सरकारी कार्यालयहरु अगाडि छुटिने जोडीहरुलाई खुसीसाथ सँगै राखेर अन्तिम फोटो खिचिदिने तथा डिभोर्सीहरुका तनाब झगडा जस्ता भावहरुलाई समेटेर तस्बिर खिच्ने पनि प्रचलन बढेको छ । आर्थिक आम्दानीको यस्तो तरिकालाई पनि पेशा बनाउन थालिएको छ ।

कतिपयले त सम्बन्धबिच्छेद गरेको प्रमाणपत्रमा हस्ताक्षर गरिरहेको तस्बिर वा डिभोर्स सर्टिफिकेटलाई सामाजिक सञ्जालमा सेयर गर्दै आफू स्वतन्त्र भएको प्रमाण सार्वजनिक गर्ने गरेका हुन्छन् । सरकारी कार्यालयहरु अगाडि यस्ता गतिविधिलाई कतिपय मानिसहरुले तस्बिर खिचिदिएर व्यवसाय नै चलाउने गरेका छन् । र यो क्रमश व्यवसायको रुपमा अगाडि आइरहेको बताइन्छ ।

चिनियाँ सामाजिक सञ्जालमा कतिपय व्यक्तिहरुले त सम्बन्धविच्छेदलाई उत्साहको रुपमा मनाउँदै तस्बिर सार्वजनिक गर्ने पनि देखिन्छ । यस्तोमा ती सम्बन्धविच्छेद गर्ने जोडीहरुका पुरानो विवाहको स्मृति चिन्ह वा विवाह झल्काउने तस्बिरहरुलाई औपचारिक रुपमा हटाउन कम्पनीहरु नै खुलेका छन् ।

त्यस्ता कम्पनीहरुले सम्बन्धबिच्छेदको क्रममा पुराना विवाहका प्रमाण वा चिन्हहरुलाई हटाउने काम गर्छन् ।

सीएनएनमा प्रकाशित समाचार अनुसार राजधानी बेइजिङभन्दा ६० माइल टाढा डिभोर्स फ्याक्ट्रीको रुपमा एउटा कम्पनी छ। जसले विवाह सम्बन्धी गोप्य तथा साझा चिन्हहरु हटाउने गर्छ । भावुक बनाउनसक्ने चिह्न वा विवाहका प्रमाणहरु नष्ट गर्ने काम गर्छ ।

यसरी सेवा दिए वापत उक्त कम्पनीले ८ देखि २८ अमेरिकी डलरसम्म चार्ज लिने गरेको छ । २०२१ मा एउटा समूहले खोलेको यो कम्पनीको हाल व्यवसाय अत्यधिक रुपमा व्यवसाय फस्टाएको छ । कम्पनी यति फस्टाएको छ कि कम्पनी खोलेदेखि हालसम्म २ हजार ५ सय जोडीहरुको विवाहका तस्बिर नष्ट गरिसकेको उक्त कम्पनीले जनाएको छ ।

यसरी सम्बन्धबिच्छेदका घटना बढ्नु र यसलाई उल्लासकै रुपमा मनाउनुलाई कतिपय विज्ञहरुले निजी स्वतन्त्रता र आफ्नो करिअर डेभलपमेन्टसँग जोडेर पनि हेर्न थालिएको छ ।

यो पनि पढ्नुहोस्

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

नेपाली सीमाबाट तृणमूल कांग्रेसका नेता पक्राउ

६ घण्टा अगाडि
किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा दिदै ग्लोबल आइएमई बैंक

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वदलीय बैठकमा पुराना दल अनुपस्थित

लुम्बिनी प्रदेशमा पाँच मन्त्रीले लिए गोपनीयताको शपथ

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

प्रतिनिधिसभा बैठक स्थगित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक