शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युद्धको भूमरीमा नेपाल !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
युद्धको भूमरीमा नेपाल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  \ विश्वशक्ति राष्ट्रहरूले नेपाललाई रणनीतिक अड्डा बनाउँदा नेपाल युद्धको जोखिममा देखिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूराजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी रहेको उल्लेख गरेका हुन् ।

पछिल्लो समय नेपालको भूराजनीतिक अवस्थाका कारण अमेरिका, युरोपेली देशहरु, चीन र भारत यहाँ आफ्नो पकड जमाउन व्यस्त छन् । अहिले खासगरी विश्वमा दुई देशको ध्रुवीकरण देखिन्छ । एकातिर अमेरिका छ भने अर्कोतिर चीन छ । अमेरिकाको पक्षमा युरोपेली देश, केही एसियाली देश र भारत छ भने चीनको पक्षमा रुस, उत्तरकोरिया र अन्य देशहरु छन् । विश्वशक्ति बन्ने होडमा यी दुई राष्ट्रका कारण विश्वमा अहिले अशान्ति पनि देखिएको छ । रुस र युक्रेन युद्ध यसैको उपज हो । रुसलाई घेर्ने नीतिअनुसार युक्रेनलाई अमेरिकी नेतृत्वको सैनिक संगठन नाटोमा संलग्न गर्न खोज्दा यो युद्ध सुुरु भएको भयो । दुई वर्ष बित्दा पनि यो युद्ध सकिएको छैन । युक्रेनलाई अमेरिका र अन्य युरोपेली देशले सहयोग गरिरहेका छन् ।

यस्तै, एसियाको मध्यपूर्वमा चलिरहेको इजरायल–प्यालेस्टाइन युद्धमा पनि अमेरिकाको संलग्नता छ । प्यालेस्टाइनमा आक्रमणका लागि अमेरिकाले नै इजरायललाई सहयोग गर्दै आएको छ । इजरायलको आक्रमणमा हालसम्म प्यालेस्टाइनमा हजारौं मानिसको मृत्यु भइसकेको छ । अमेरिकाको युद्धनीति पहिलो त आफ्नो हतियार तथा प्रविधि बिक्री गर्ने मुख्य उद्देश्य हो । त्यसपछि युद्धको आगो सल्काएर विश्वमा राज गर्ने अमेरिकी नीति पनि पुरानै हो । यस्तै आफू विश्वको शक्तिशाली राष्ट्र बनिराख्न आफूसमानको अर्को राष्ट्रलाई कमजोर बनाउने प्रयास पनि अमेरिकाले गर्दै आएको छ । विगतमा सोभियत संघलाई टुक्र्याएर विभिन्न देशमा विभाजन गर्न सफल भएको अमेरिका चीनलाई पनि अघि बढ्न नदिने पक्षमा छ ।

नेपाल चीन र भारतजस्ता दुई शक्तिशाली देशहरुको बीचमा छ । त्यसकारण अमेरिकाले नेपालमा आफ्नो उपस्थिति बढाउन खोजिरहेको छ । विगतमा सामाजिक गतिविधिमा पनि सहयोग गरिरहेको अमेरिकाले अहिले एमसीसी सहयोगमार्फत सडक, प्रसारण लाइन जस्ता पूर्वाधारमा पनि लगानी गरेर नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ । यस्तै, सैन्य सहायताका लागि पनि एसपीपी जस्तो सम्झौता गर्न खोजिरहेको अमेरिकाको प्रयास भने हाल सफल हुन सकेको छैन । नेपालले यो सम्झौता गर्न मानेको छैन । तर, अमेरिकाले भने नेपालमा उपस्थिति बढाउन सहयोगको सहारा लिइरहेको जानकारहरु बताउँछन् ।

अमेरिकाले विभिन्न एसियाली देशमा आफ्नो सैन्य अखडा स्थापना गरेको छ । नेपालमा पनि त्यही उद्देश्यअनुसार अघि बढिरहेको राजनीतिक दलका शीर्ष नेताहरुले पनि बताउँदै आएका छन् । नेपालमा रहेर विशेषगरी चीन र भारतमा पनि निगरानी राख्न र घेर्न सकिने अमेरिकाको रणनीति देखिन्छ । चीनले भने नेपालमा अमेरिकाको गतिविधिको विरोध गर्दै आएको छ । अन्य देशको मामिलामा टिप्पणी नगर्ने चीनले नेपालले एमसीसी सहयोग लिँदा गरेको विरोध यसको एउटा उदाहरण हो । अर्कोतर्फ, चीनले नेपालबाट सधैं एक चीन नीतिको अपेक्षा गर्दै आएको छ । यस्तो अवस्थामा अमेरिकाको सहयोगको नाममा नेपालमा गतिविधि बढाउन दिने हो भने नेपाल युद्धको भूमरीमा पर्ने जोखिम देखिएको छ ।

गत आइतबार एक सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पनि आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताएका छन् । आन्तरिक शक्तिहरू कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहने भएको प्रचण्डले बताए । ‘विश्वमा नयाँ शीतयुद्ध चलिसकेको देखिन्छ । त्यो कुनै न कुनै बेला विस्फोट हुने अवस्था छ । तर, त्यो शीतयुद्धको केन्द्र नेपाल हुने हो कि भन्ने ठुलो सम्भावना छ । यो गम्भीरताको साथ मैले तपाईँलाई भनेको छु,’ प्रचण्डले भने, ‘भूराजनीतिक अवस्थितिको कारणले विश्व शक्तिहरुबाट नेपालमा टेकेर चीनमा घेरा हाल्ने वा नेपाललाई रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया चलिरहेको छ ।’

नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले अप्ठ्यारो ठाउँमा आएको उनले बताए । ‘विश्वशक्ति राष्ट्रहरूले नेपालमा बढीभन्दा बढी सैनिक चलखेल गराउने प्रयासमा छन्,’ उनले भने । प्रचण्डले अहिले विश्व युद्ध भए पनि भारत र रुसको एउटा एलायन्स हुने परिदृश्य देखिँदै गएको विश्लेषण गरे । ‘श्रीलंका, पाकिस्तान र बंगलादेशको प्रभाव भारतमा पनि देखिँदै छ । किनकि नरेन्द्र मोदीको नारा नै थियो अबकी बार ४ सौ पार, तर त्यस्तो भएन,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘त्यो हुनुमा पश्चिमी मिडिया मोदीका विरुद्ध खनिएका थिए । त्यसको परिणाम असर परेको हो भन्ने देखिँदै छ ।’ जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

ऋण असुल्दै बचत फिर्ता गर्दै सरकार

४ दिन अगाडि
महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

महत्वपूर्ण निर्णयको कम प्रचार किन ?

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक