बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खाता रोक्का व्यवस्था गर्न विनियमावली जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वित्तीय समावेशीकरण नीति जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली, २०८१ जारी गरेको छ । बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवासम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

हिजो असोज एक गतेदेखि नै लागू हुने गरी विनियमावली जारी भएको हो । विनियमावलीअनुसार प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने छ ।

विनियमावलीमा उल्लेख भए अनुसार बैङ्क खाता रोक्का वा फुकुवाका लागि सम्बन्धित अधिकार प्राप्त अधिकारीले राष्ट्र बैङ्कमा पत्र पठाउँदा यथाशीघ्र प्राप्त हुने गरी तोकिएको ठेगानामा पठाउनुपर्ने तथा यस्तो पत्र इमेलमार्फत पठाउन सकिने भएको छ ।

अधिकारप्राप्त अधिकारीबाहेकका अन्य व्यक्तिबाट आएका पत्रका आधारमा राष्ट्र बैङ्कले खाता रोक्कासम्बन्धी प्रक्रिया अघि नबढाउने व्यवस्था विनियमावलीमा छ । कुनै कसुरको अनुसन्धानका सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था पनि विनियमावलीमा छ ।

यस्तै विनियमावलीमा प्रचलित कानुनको अधीनमा रही कुनै इजाजतप्राप्त संस्थामा रहेको खाता रोक्का गर्नका लागि अधिकारप्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी तोकिएका बेहोरा खुलाई राष्ट्र बैङ्कसमक्ष लिखित रूपमा अनुरोध गरेमा राष्ट्र बैङ्कले इजाजतप्राप्त संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिन सक्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैङ्कले प्राकृतिक व्यक्ति, कानुनी व्यक्ति, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने र आंशिक खाता रोक्का राख्नुपर्नेका हकमा फरक व्यवस्था गरेको छ ।

प्राकृतिक व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको व्यक्तिको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण आवश्यक पर्ने विनियमावलीमा उल्लेख छ ।

कानुनी व्यक्ति भएमा खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बरसहितको विवरण पेस गर्नुपर्ने व्यवस्था छ ।

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ 

 

 

यो पनि पढ्नुहोस्

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण

७ दिन अगाडि
गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान, आउँदैछ रोचक ट्वीस्ट

इमेल परिवर्तन भएमा जानकारी गराउन राष्ट्र बैङ्ककाे आग्रह

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक