बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशले नेपालसँग ऊर्जा सहकार्य गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बंगलादेशले नेपालसँग ऊर्जा सहकार्य गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

, काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् ।

भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए ।

राजदूत भण्डारीले ७ अगस्टमा नयाँ सरकारका विषयमा जारी गरेको विज्ञप्ति स्मरण गराउँदै बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता रहेको दोहोर्‍याएका थिए ।

प्राध्यापक युनुसले नेपालबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार जनाउँदै दुई देशबीच राजनीतिक र जनताको स्तरमा सौहार्द्धपूर्ण सम्बन्ध अघि बढ्ने बताएका थिए ।

भेटमा राजदूत भण्डारीले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात तयारी भइरहेको र यो काम चाँडो हुँदा यस उपक्षेत्रको ऊर्जा सहकार्यमा रूपान्तरणकारी कदम हुने बताए ।

दुवै देशलाई लाभ हुने गरी ऊर्जा सहकार्यमा उनले जोड दिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

सार्क तथा बिम्स्टेक जस्ता क्षेत्रीय संस्थाको पुनरुत्थान महत्त्वपूर्ण भएको विषयमा पनि दुईबीच छलफल भएको थियो । नेपाल र बंगलादेश दुवै सन् २०२६ बाट अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको परिप्रेक्ष्यमा दुई देशले असल अभ्यास र अनुभव आदान प्रदान गर्नु महत्त्वपूर्ण भएको विषयमा समेत प्राध्यापक युनुस र राजदूत भण्डारीबीच कुराकानी भएको थियो ।

हालैको आन्दोलन क्रममा बंगलादेशमा रहेका नेपाली खासगरी विद्यार्थीको सुरक्षामा पाएको सहयोगप्रति पनि राजदूत भण्डारीले प्राध्यापक युनुससँग कृतज्ञता व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरूबीच छलफल

२ घण्टा अगाडि
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक