काठमाडौँ – संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उमेर हदका कारण आगामी असोज १८ गतेदेखि अवकाशमा जाँदै छन्।