बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जित्नुभएको हो।

रोहितको कप्तानीमा नेपालले वर्ष २०८० मा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो। यसैगरी आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल पुग्दै नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुँदा पनि नेपाली टिम रोहितकै कप्तानीमा थियो।

रोहितले वि.स. २०८० मा २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ३ अर्धशतक सहित ६८० रन बनाउनुभएको थियो। यसैगरी उहाँले पाँच विकेट पनि लिनुभएको थियो। यस्तै उहाँले यो वर्ष २३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतसहित ५२५ रन बनाउनुभएको थियो भने १० विकेट पनि लिनुभएको थियो। उत्कृष्ट पुरुष खेलाडीको अवार्डसँगै उहाँले एक थान पल्सर मोटरसाइकल पुरस्कार पाउनुभएको छ।

त्यसैगरी चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक दिलाउन सफल हुनुभएकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित हुनुभएको छ। उक्त अवार्डका लागि  कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा पर्नुभएको थियो।

यसैगरी नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जित्न सफल हुनुभयो। नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा उहाँ नेपाली टोलीको सदस्य हुनुहुन्थ्यो । उक्त उपाधिका लागि गुलशन झा (क्रिकेट), मानमति विष्ट (कबड्डी) प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) का खेलाडी नाम मनोनयनमा परेका थिए।

नेपालमा क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुनुभएको छ। नेपाल क्रिकेट सङ्घ ९क्यान० का पूर्वअध्यक्षसमेत रहेका पाण्डे जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट सङ्घ स्थापना हुँदा  महासचिव हुनुहुन्थ्यो। त्यस्तै २००५ देखि २०११ सम्म उहाँ अध्यक्ष हुनुभयो। पाण्डे क्रिकेट सङ्घको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो भने नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो।

त्यस्तै भारोक्तन खेलका हेमन्त पाल प्लेयर अफ दि इयर घोषित हुनुभयो। उहाँले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जित्नुभएको थियो। उक्त अवार्डका लागि क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, र टेनिसकी सुनिता थापा मनोनयनमा पर्नुभएको थियो।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा एथलिट अवार्डको उपाधि जित्नुभयो। यसै महिना फ्रान्सको पेरिसमा सम्पन्न पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउनुभएकी पलेशाले पारा एथलिट अवार्ड जितेकी हुन्। तर यो अवार्ड भने उहाँले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गर्नुभएको थियो।

विसं २०८० मा उहाँले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो। उक्त अवार्डसहित उहाँले रु एक लाख प्राप्त गर्नुभयो। त्यसैगरी पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्ड भने भलिबलका कुमार राईले प्राप्त गर्नुभयो। उहाँले नेपाली भलिबल खेलमा राष्ट्रिय टिमलाई अनि विभागीय टिमको लागि थुप्रै स्टार खेलाडी जन्माउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो।

पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड भने नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ। चीनको हाङचाउमा भएको १९औँ एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो। नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो।

यसैगरी १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने करातेका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भए। यस अवार्डको लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कविराज नेगी लामा, भारात्तोलनका प्रशिक्षक सञ्जय महर्जन मनोनयनमा परेका थिए।

वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई जनही एक एक थान बजाज पल्सर मोटरसाइकल प्राप्त गरे भने बाँकीका विजेताले जनही रु एक लाख प्राप्त गरे। विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव आयोजकका अध्यक्ष दुर्गानाथ सुवेदीलगायतले पुरस्कार प्रदान गर्नुभयो।

यो पनि पढ्नुहोस्

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

२ दिन अगाडि
आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक