सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको पोस्टर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको पोस्टर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

५ घण्टा अगाडि
ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

९ घण्टा अगाडि

काठमाडाैं । कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ ।
पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।यसअघि यो सिनेमाका तीन वटा पोस्ट सार्वजनिक भएका थिए । जहाँ फर्स्टलुक पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरेको थियो भने कालो टिसर्ट र लामो कपालमा देखिएका प्रदीप मात्रै प्रस्तुत भएको दोस्रो पोस्टर सार्वजनिक गरेको थियो । जहाँ उनी कसैको भौतिक आक्रमणमा परेको अनुहारभरि चोटैचोटमा देखिएका थिए ।

यस्तै अर्को पोस्टरमा यही सिनेमाबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको थियो ।

उक्त पोस्टरमा सिगार सेवन गरिरहेका उनले प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।

राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ  र आनासँगै नव-नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा सह-निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् । सिनेमामा काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर, साहिल खान को पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का रहेका छन् ।

कात्तिक १५ गतेदेखि रिलिजमा आउने यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक