शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देश अराजकताको दलदलमा फस्यो

दलहरुबीच राजनीतिक सहिष्णुता समाप्त, सडक र संसद जताततै नेताहरु लखेटिँदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
देश अराजकताको दलदलमा फस्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / राजनीतिक दल र नेताहरुबीच नै एकअर्कालाई जसरी पनि समाप्त गर्ने अस्वस्थ प्रतिस्पर्धा हुँदा सदनदेखि सडकसम्म नेताहरु लखेटिन थालेका छन् । टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित आक्रोशपूर्ण नाराबाजी भएको केही दिनमात्र बितेको छ । अहिले पोखरामा पूर्वउपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी र कालो झण्डा प्रदर्शन भएको छ ।

काठमाडौंमा भएको नाराबाजीले सरकारविरुद्ध आक्रोश ओकलेको थियो । यो नाराबाजीले जनतामा फरक सन्देश प्रवाह गरेको थियो भने पोखरामा मंगलबार भएको नाराबाजीले नयाँ राजनीतिक शक्तिहरुको बढ्दो लोकप्रियताकाविरुद्ध सत्ताधारी दलका कार्यकर्ताहरुबाट भएको योजनाबद्ध नाराबाजी थियो भन्ने कुरा स्पष्टै छ ।

रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न रवि आउने जानकारी भएपछि बिहानैदेखि सूर्यदर्शन सहकारी पीडित कार्यक्रमस्थल बाहिर पम्लेट लिएर पुगेका थिए । उनीहरुले रवि कार्यक्रममा आउँदै गर्दा उनको संलग्नता रहेको जिकीर गर्दै नाराबाजीमात्रै गरेनन्, कालो झण्डा नै देखाए । यसअघि कालो झण्डा देखाउने व्यक्तिहरुलाई धरपकट गर्ने प्रहरीले मंगलबार भने उनीहरुलाई बल प्रयोग गरेन, कालो झण्डा खोसेन ।

सदनमा पनि उस्तै अवस्था छ । उपसभामुख इन्दिरा राना मगरलाई सरकारले महाअभियोग लगाएर हटाउन खोजेपछि संसदमा अहिले सत्तारुढ दल एमाले–कांग्रेस र माओवादी केन्द्र–रास्वपा जस्ता विपक्षी दलहरु आमनेसामने भएका छन् । उपसभामुख रानाले पदको दुरुपयोग गरी अमेरिकी दूतावासलाई पत्र लेखेको भनेर सत्तारुढ दलले उनलाई हटाउन खोजेका छन् भने माओवादी र रास्वपाले सत्तारुढ दलले बहुमतको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबारको संसद बैठकमा प्रमुख सत्तारूढ दल एमालेका सांसदहरूले ‘पदीय आचरणअनुकूल काम नगरेको आरोप लागेको’ भन्दै उपसभामुखको राजीनामा माग गरेका थिए भने बैठकमा विपक्षी दल माओवादी र रास्वपाले उनको बचाउ गर्दै सत्तारूढ दलका सांसदले उठाएका विषयको प्रतिवाद गरेका थिए । उपसभामुखको विषयलाई लिएर सत्ता र प्रतिपक्षबीच ‘जुहारी’ नै चलेको थियो ।

यसबीच, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि नै जनाएका छन् । उपसभामुख रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् । उनले उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरेका थिए । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरु उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

लामिछानेले पोखरामा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषय जोडेर आफूमाथि विगतमा खोया प्रहार भएको, मंगलबार पनि कालो झन्डा देखाउने काम भएको भन्दै आफू यस्ता क्रियाकलापबाट विचलित नहुने बताएका थिए । उनले प्रधानमन्त्री ओलीलाई आफूमाथि नियतवश प्रतिशोध साँध्ने काम भइरहेको भन्दै यसले सत्तापक्षलाई पनि फाइदा नहुने चेतावनी दिएका थिए । लामिछानेले पोखरामा बोल्ने क्रममा राजनीतिक एजेन्डामै प्रतिष्पर्धा गर्न भन्दै व्यक्तिगत पूर्वाग्रह नराख्न ठूला दलहरुले कार्यकर्तालाई आग्रह गर्नुपर्ने समेत बताएका थिए ।

राजनीतिक दलबीच सहिष्णुता हट्दै गएका उदाहरण पनि छन्, जसले देश अराजकताको दलदलमा फस्दै गएको स्पष्ट हुन्छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालविरुद्ध सोही पार्टीका नेता अशोक यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन् । जसपा नेपालको महाधिवेशनमा महासचिवका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले आज निर्वाचन आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । नेता यादवले केन्द्रीय समिति, पदाधिकारी चयनलगायतका विषय विधान तथा निर्देशिका विपरीत भएको र त्यसको छानबिन गरी गैरकानुनी रूपमा भएका कामकारबाहीहरू बदर गर्न माग गरेका छन् । जसपा नेपालको गत जेठमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा उपेन्द्र यादव मात्र सर्वसम्मतिले चयन भएका थिए ।

वर्तमान व्यवस्थाको असफलतासँगै देशमा प्रत्यक्ष कार्यकारीको पनि माग बढ्न थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न चुनौती दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले कांग्रेस र एमालेको दुई तिहाइ बहुमत भएकाले संविधान संशोधन गर्न र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका हुन् ।

 

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति भारत भ्रमणमा जादै

रवि लामिछाने स्वदेश फर्किंदै

३ घण्टा अगाडि
नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक