काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंका नदी किनार बस्तीको पक्षमा उभिने जनाएका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको अध्यक्ष नेपालले बताए । एकीकृत समाजवादीका काठमाडौं अध्यक्ष एलपी श्रेष्ठ, भक्तपुर अध्यक्ष हरिकृष्ण थापा र ललितपुर अध्यक्ष श्याम बस्नेत सहितको टोलीले सर्वोच्चको आदेशबारे पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएका थिए ।
शीर्ष नेताहरु राखेरै अध्यक्ष नेपालले सर्वोच्चको फैसला सच्याउन आवश्यक गतिविधि पार्टीले सञ्चालन गर्ने जनाएका छन् । ‘हामी अदालतको आदेशको विपक्षमा र जनताको पक्षमा उभिने निष्कर्षमा छौं । त्यसो हुँदा अन्तरक्रिया गर्ने, दबाव कार्यक्रम गर्नेजस्ता गतिविधि गरिन्छ’ उपाध्यक्ष खतिवडाले जनाए ।