आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेतातन्त्रको लज्जाजनक शासनलाई पञ्चायततन्त्रसँग तुलना गर्दा !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पञ्चायत शासनकालमा शासकको विरोध गर्नु निषेध नै थियो । यस्तो कार्यमा संलग्नलाई जेल पठाउने, यातना दिनेजस्ता कारबाही गरिन्थ्यो । नेताहरुले यस्तो शासनव्यवस्थाविरुद्ध संघर्ष गरे, जनताले पनि उनीहरुलाई साथ थिए । ठूलो संघर्षपछि देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भएको छ । तर, नेताहरु भने आफैं पञ्चायतकालका शासक जस्ता बनेका छन् । उनीहरुको विरोध गर्न नहुने, गुणगान गाउन पर्ने, सीमित नेताहरुले दुई दशकदेखि सत्ता कब्जा गरिरहँदा पनि अन्यले प्रश्न गर्न नपाउने अवस्था अहिले नेपालमा छ । कोहीकसैले नेताहरुको विरोध गर्दा पञ्चायतकालमा जस्तै जेलमा जानुपर्ने अवस्था छ ।

यसको पछिल्लो उदाहरण हो, प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा युवाहरु प्क्राउ पर्नु । गत १० भदौमा टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराबाजी गरेको अभियोगमा सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए । सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा लगाइएका उनीहरु ९–९ हजार धरौटी बुझाएर रिहा भएका छन् । विरोध गरेकै आधारमा आफूलाई थुनामा राखी मुद्दा चलाएर सरकारले निरंकुश शैली देखाएको उनीहरूको आरोप छ । पक्राउ परेकामध्ये दीपक र रामबहादुरले साथीहरूसँग सापट मागेर धरौटी बुझाएका हुन् । दीपक कीर्तिपुरको सहिद स्मारक कलेजका स्नातक प्रथम वर्षका विद्यार्थी हुन् । रामबहादुर वैदेशिक रोजगारीको तयारीमा छन् । पक्राउ परेकामध्ये गोपीकृष्ण वैदेशिक रोजगारबाट ६ महिनाअघि नेपाल फर्किएकोमा अब फेरि विदेश जाँदै छन् । आफूहरू कुनै पनि दलमा आबद्ध नभएको उनीहरूले बताए ।

यी युवा वर्तमान नेपालका प्रतिनिधि हुन् । अहिलेका युवा राजनीतिक दल, नेताप्रति निराश र आक्रोशित छन् । विकासको सपना बुनेका जनताको धैर्यको बाँध टुट्ने अवस्थामा आइपुगिसकेको छ । छिटपुट घटनाका रुपमा नेताहरुप्रति नाराबाजीजस्ता घटना बाहिर आइरहेका छन् । तर, नेताहरु यसलाई सुझावको रुपमा नलिई निरंकुश शैली प्रदर्शन गरिरहेका छन् ।

डेढ दशकयता मुलुकमा लोकतन्त्र तथा गणतन्त्र स्थापना भए पनि राजनीतिक स्थायित्व र विकास प्राप्त हुन नसक्दा विस्तारै हामीले अहिले अपनाउँदै आएको संसदीय व्यवस्था नै असफल बनेको पुष्टि भएकै छ । मुलुकमा एकपछि अर्को सरकारहरु गठन हुने तथा आर्थिक रुपमा विपन्न बिभेदमा परेको वर्गका लागि कुनै काम गर्न नसक्ने, सत्ताका लागि राजनीतिक दल र तिनका नेताबीच अस्वाभाविक गठबन्धन हुने जस्ता कारणले संसदीय व्यवस्था असफलताको दिशामा उन्मुख भएको हो । देशको अर्थव्यवस्थामा आएको ठूलो संकटले वर्तमान व्यवस्थाप्रति राजनीतिक दल र तिनका नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । नेताहरुको कार्यशैलीप्रति जनताको विरोध हुनु भन्नुको अर्थ उनीहरुलाई सच्चिने अवसर हो । यसलाई नेताहरुले बुझ्न आवश्यक छ । तर, राणाशासन, पञ्चायत, राजतन्त्रजस्तै नेताहरुको अहिलेको शासन व्यवस्थाविरुद्ध जनता सडकमा उत्रिने दिन छिटै आउनेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

२ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक