बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ओली सरकारको औचित्य

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ओली सरकारको औचित्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

बिवाह अगाडि प्राय: दैनिक मन्दिर जाने र भगवानसंग बरदान माग्ने श्रीमति मन्दिर जान छोडेको देखेर श्रीमान्ले श्रीमतीलाई सोधे- आजभोलि त तिमी मन्दिर जान र भगवानसंग बरदान माग्न र आशिर्वाद लिन छोडयौ नि! श्रीमतिले सहज जवाफ   दिदै भनिन – तिमीसंग बिवाह भएपछि भगवानसंगको मेरो विश्वास टुट्यो। अर्थात, मैले भगवानसंग वरदान मागेको श्रीमान र तिमीमा आकाश पातलको फरक भयो।

जसरी बिवाहपछि ती महिलाको भगवान् प्रतिको विश्वास टुट्यो त्यसै गरी नेपालको राजनीतिमा एक पछी अर्को हुँदै सबै राजनीतिक दलहरु सत्तारोहण गर्दै  दलाल पूँजीवादी ब्यवस्थाको दलदलमा फस्दै गए र राजनीतिक दलहरु प्रती जनताहरुको विश्वास टुट्दै गयो। विशेष गरी सत्ता उपयोग गर्ने गएका कम्युनिष्टहरु सत्ताबाटै प्रयोग भए र आँफैले उपभोग गर्न थाले। राजनीतिमा भ्रष्टिकरण  र भष्ट्रिकरणको राजनीति नेपालको राजनीतिको प्रयावाचक भएको छ। यसै मेसोमा देशमा एमाले र कांग्रेसको गठबन्धन र केही च्याखे दलहरुको सहभागितामा पुरानै अनुहारका “मान्छेहरु” को “नयाँ सरकार” छ। अर्थात फेरी कमरेड खडगप्रसाद ओलीलाई बाहिर देखिने गरी देशको प्रधानमन्त्री बनाइएको छ।   गणितीय हिसाबले र घरानीया खानदानीहरुको सहभागिता भएको हिसावबले यो सरकार बलियो बनेको छ। हुन त नेपालको सत्ता समिकरण कस्ले बनाउदछ र कस्ले गिराउदछ त्यो सबै “खुला रहस्य” हो। पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिको भनाइ अनुसार यो सरकार निर्माणमा क्याप्टेन रामेश्वर थापाको सहजिकरणबाट निर्माण भएको रहेछ। उहालाई सहजिकरण गर्ने कस्ले नियुक्ति गरेको थियो त्यो चाँही शेरबहादुरले अझै सम्म बाहिर खुलाउनु भएको छैन।

लेखक एवम् प्रेरक बक्ता एलेक्सजेन्डरको एउटा उद्धरण यहाँ सान्द्रभिक छ- “जब म विज्ञहरुसंग कुरा गर्छु, मलाई लाग्छ कि तिनीहरू महत्त्वपूर्ण छन्। जब म नेताहरूसँग कुरा गर्छु, मलाई लाग्छ कि म महत्त्वपूर्ण छु।“ सायद नेताका भित्रियाहरुलाई छोडेर सबै नेपालीहरुले यस्तै सोच्दा हुन।  अरु त अरु सरकार निर्माण र बिघटनमा निर्यायक भूमिका भएका संघिय ब्यवस्थापिका अन्तरगत प्रतिनिधी सभाका माननिय समेत साक्षी मात्रै हुनु पर्ने र अमुक ब्यक्ति वा शक्तिकेन्द्रको आदेश पालकको भूमिका जस्तो हुनु नेपालीहरुको लज्जाबोध हो।

एमाले- मावोबादी सरकारको सत्ता बहिर्गमन र यो सरकार गठनको आवश्यकता र औचित्यको बारेमा थोरै चर्चा गरौ। पुर्ववर्ती पुष्प कमल दाहाल (प्रचण्ड) को सरकारको  गठन पनि सुद्द नेपालीहरुले निर्माण गरेको सरकार थियन। प्रचण्ड सरकारले तुलनात्मकरुपमा सुशासन र भष्ट्राचार नियन्त्रमा थोरै अगाडि बढेको थियो। जव भष्ट्राचारका फाईलहरु खोलिदै गए ती फाईलहरुले बालकोट र  बुढानीलकण्ठका दरवार र हबेलीहरुका ढोका ढकढकाउने स्थिती भयो। अहिलेका गठबन्धनका मुखियाका  परिवार आँफै “सरणार्थी” हुनु पर्ने स्थिती आयो तव रामेश्वरको घरमा “चिया” पकाउनु पर्ने बाध्यता आएको देखिन्छ।   आफ्नो र परिवारको जोखिम न्युनिकरण खुसामत अन्तत: बुढानीलकण्ठ र बालकोटका दुई जनाको पारिवारिक संझौता  “राष्ट्रिय सहमति ” को सम्झौताको रुपमा जन्मियो।  सामाजिक खपतको लागि त्यही पारिवारिक संझौतामा सात वटा रंगी चङ्गी फुल बुट्टा भरियो र झिल्के रुमालको रुपमा बजारमा ल्याईयो। बस, यो सरकार गठनको आवस्यकता र औचित्य यही हो।

सहायक औचित्यको रुपमा नेपालका संसदिय ब्यबस्था भित्रका कम्युनिष्टहरुको एकता हुन्छ कि भन्ने डर, भय र त्रासले यो गठबन्धन बनाईेएको हो। नेपालमा भएका कम्युनिष्ट पार्टी र ती पार्टीसंग आवद्द कृयाशिल सदस्यहरु मात्र मालेमावादलाई आत्मसाथ गर्ने हो भने देशकै रुप फेरिने थियो। शक्तिकेन्द्र, बिचौलिया र दलाल पूँजीवादका ठिमाह संन्तानहरुलाई यीनिहरु मिल्दछ की भन्ने पिरलोको परिणाम हो यो गठवन्धन।

सामाजिक खपतको लागि बुट्टा भरिएको सुशासन र सम्बृद्दि एवम् संबिधान संसोधन जस्ता  कुरा गरौं। यदि असल मनसायले यो बुदा राखिएको भए खोई न्युनतम साझा कार्यक्रम? खोई युवा पलायन रोक्ने  रोजगारिको योजना? बिगत तीन दसक देखि देखि उही अनुहार, उही भाषण, उही कुटिल छल। खोई भष्ट्राचार नियन्त्रण रणनिती र योजना? मुख्य सचिव नियुक्तिमा, राजदुत नियुक्ति, ब्यबसायिक दक्ष प्रहरीहरुको सरुवा, कुलमान र बालेन्द्रहरु बिरुद्दका षड्यन्त्रमा सुशासन देखिन्छ? स्थाई सत्ता गिजोलेर, साशक (मन्त्री) बाट प्रशासक (सचिव) हरुको हुर्मत लिएर दलाल र बिचौलियाहरुको खेलौना बनाएर सुशासन आउँदछ? बहालवाला मन्त्री र सांसदले खुलम-खुला मन्त्री पद लीलामिमा राक्दा तिम्रा सुशासन किन मौन? नैतीक प्राधिकार (Moral Authority) गुमाई सकेका, पटक पटक परिक्षण भएका र असफल सावित भएका, बिभिन्न भष्ट्राचारजन्य कृयामा संदिद्ध मान्छेहरुको समुह जम्मा गरेर सुशासन ल्याउछु भन्नु र गरुड पुराण सुनाएर स्वर्गलोक लैजान्छु भन्नु उस्तै होईन र?

भष्ट्राचार मुद्दामा हद म्याद, नावालिका मुद्दामा “चु” सम्म नगर्नु, बिधुत बक्यौता असुल गर्ने सवालमा सरकारी पक्षधरता, बहालवाला वरिष्ट मन्त्रिबाटै प्रहरी प्र्मुखको जिब्रो थुत्ने सम्मको अराजक भनाइ  आदि ईत्यादिले सुशासनको असली रुप प्रष्ट हुँदैन र? आफ्नो स्तुती र भजन बाहेक आलोचना सुन्न नसक्ने, बिरोधी स्वरहरुलाई पंचायति सैलिको व्यबहारले जाने भनेकै पतनको बाटो हो।

राजनीति वर्गीय हुने गर्दछ। आफ्नो वर्गको हितमा काम गर्नु राजनीतिको धर्म हो। संबिधान संसोधनको सवालमा पनि यो लागु हुन्छ। हुनेखानेहरुले हुँदाखानेहरुको पक्षमा काम गर्दछन भनेर आश गर्नु बेकार छ। सिमान्तकृत महिलाबाट आरजु राणा वा मन्जु खाणहरु,  खसआर्यबाट प्रकाश शरण महत, एकनाथ ढकालहरु, मदेशिबाट विमलेन्द्र निधीहरु, सिमान्तकृत जनजातिबाट नैनकलाहरु वा नारायणकाजिहरु छनौट गर्नेहरुले संसोधन गर्ने संविधान कस्तो होला? के अहिलेकोको संविधानले यस्तै अनुहार खोजेको थियो?

हुन त स-सानो उपलब्धी वा अरु कसैको उपलब्धीलाई आफ्नो दावी गरेर खुशी हुन पाईन्छ। स्वचालित मुल्य निर्धारणा हुने ब्यवसायिक आयल निगमले डिजेलमा प्रति लिटर १ रुपया घटाऊँदा प्रधानमन्त्रीज्युले आफ्नो सामाजिक संन्जालमा महत्वका साथ प्रचार गरेको देख्दा उहाको प्राथमिकता र फुर्सदिलोपन प्रष्ट देखिन्छ। प्रकाश तमाङको नागरिकतामा होस वा खेलाडी पलेसाको पदकमा प्रधानमन्त्रीको हैसियतले तपाईं दावी गर्नु नै हुने छ।

र अन्तमा, रेलमा यात्रा गरी रहेका तीन जना यात्रुले रेल्वे कर्मचारीलाई पैसा दिएर वरफ मगाउदै हिस्की पिउदै थिए। ती जड्याहाहरुले रेल्वेको कर्मचारीलाई रु १०० दिदै भने- ल फेरी अन्तिम पटक वरफ लिएर आउ। रेल्वेको कर्मचारीले भनेछ- अब वरफ छैन। जड्याहले सोधेछ- किन के भयो? रेल्वे कर्मचारीले बिनम्रता पुर्वक भन्यो – डेड्बोडी त अगाडिको स्टेसनमानै निकालियो।  जव सम्म वास्तविकता छर्लङ हुँदैन तव सम्म खुशी हुन सकिन्छ।   सुशासन र संबृद्दिको नारा अगिल्लो स्टेसनमै झारिसकेको थाहा पाउदा निकै ढिला हुने निश्चित छ।

यो पनि पढ्नुहोस्

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे जर्नल र इ पुस्तक सार्वजनिक

१३ घण्टा अगाडि
९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

९० दिनमा सकियो सौगात मल्ल अभिनीत ‘जुबा’को छायांकन

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विजया दशमीको साइत सार्वजनिक

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको घरमा छापा

इन्तरनेटबाट भाेटदिने व्यवस्था गर्नुपर्नेमा जाेड

कांग्रेशकाे निर्वाचनका लागि उम्मेदवारी प्रारम्भिक नामावली सार्वजनिक

कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक