शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओलीबाट प्रतिबद्धता दोहोरियो !

पटक–पटक एउटै कुरामा जोड किन ? ओलीको इमानदारी विगतले पुष्टि गर्दैन !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रधानमन्त्री केपी ओलीसिहत शीर्ष नेताहरूलाई बुझाए प्रतिवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / नेपालको राजनीतिमा सत्ताका लागि दलहरु मिल्नु र विभाजित हुनु नौलो विषय होइन । पछिल्लो समय भने जुनसुकै दल सत्ताका लागि आफ्नो सिद्धान्त, विचार, नीति नमिल्ने दलसँग पनि अस्वाभाविक गठबन्धन गर्न तयार देखिएका छन् । २०७९ को आम निर्वाचतयता मात्रै चारपटक सत्ता सहकार्य गर्ने दलहरु फेरिएका छन् । यही कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ कांग्रेसका सभापति शेरबहादुर देउवा सहमतिअनुसार नै एमाले र कांग्रेसको गठबन्धन आगामी चुनावसम्म चल्ने प्रतिबद्धता दोहो¥याउन बाध्य छन् ।

गत आम निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेर प्रतिस्पर्धा गरेका थिए । तर, चुनावपछि भने प्रधानमन्त्री पदमा भागबण्डा नमिलेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बने । तर यो गठबन्धन केवल सत्ताका लागि थियो भन्ने केही महिनामा नै पुष्टि भयो । राष्ट्रपति पदमा विवाद भएपछि माओवादीले एमालेको साथ छोड्यो र कांग्रेसलाई सरकारमा भित्र्यायो । फेरि एक वर्ष पुग्नै लाग्दा माओवादीले कांग्रेसलाई छोडेर एमालेको साथ लियो । माओवादीको पटकपटक धोकापछि यसपटक भने कांग्रेस र एमाले एकठाउँमा उभिएका छन् ।

तर, विगतलाई हेर्दा कांग्रेस, एमाले र माओवादीले जुनसुकै बेला एकअर्कासँग गठबन्धन गरेको र साथ छोडेको इतिहास छ । सत्तामा पुगेपछि जुनसुकै नेताले पनि सहजै सत्ता छोडेको इतिहास छैन । हालकै प्रधानमन्त्री ओलीले एमाले र माओवादी एकीकृत भएर बनेको नेकपा सरकारमा प्रचण्डलाई आधा कार्यकाल दिने प्रतिबद्धता पूरा गरेका थिएनन् । जसका कारण नेकपा विभाजन भएको थियो भने ओलीले प्रधानमन्त्री पद नै छाड्नुपर्ने अवस्था आएको थियो ।

असार १७ मध्यराति कांग्रेस सभापति शेरबहादुर देउवासँगको ७ बुँदे सहमतिको चार नम्बर बुँदामै देउवा र ओलीबिच संसद्को बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ । ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारको गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने’, कांग्रेस–एमालेको सात बुँदे सहमतिमा भनिएको छ । तर अहिले पनि कांग्रेसका कतिपय नेतामा ओलीले विगतमा जस्तै धोका दिने हो कि भन्ने आशंका छ ।

उक्त सहमति प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभा बैठकमै वाचन गरेका थिए । संसदमै वाचन गरेर सहमति सार्वजनिक गरिसकेपछि पनि ओलीले सोही कुरा साउन १५ गते सिंहदरबारमा दोहो¥याए । सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेससँगको सहकार्यबारे ब्रिफिङ गर्दै आफ्नो कार्यकालको पनि घोषणा गरे । ‘दुई वर्ष पुग्नुभन्दा एक हप्ताअगाडि नै राजीनामा गरिसकेको हुन्छु । राजीनामा गर्छ कि गर्दैन भन्ने कुनै द्विविधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ,’ प्रधानमन्त्रीले कर्मचारी वृत्तको विश्वास जित्ने प्रयास गर्दै भनेका थिए । ‘मानिसहरूले हल्ला फिँजाउन सक्छन्, यताउता भन्न सक्छन्, केही गर्न सक्छन्, छटपटाएका मानिसहरूले अनेक कुरा गरेर भ्रम फिँजाउन सक्छन्’, ओलीले त्यसबेला भनेका थिए, ‘यो सरकार पनि कतिञ्जेल हो र ! एक जना राजनीतिक ज्योतिष पल्टिँदै थिए । कतिञ्जेल हो र भन्दै ।’ एक महिनापछि अर्थात् भदौ १५ गते प्रधानमन्त्री ओलीले सोही कुरा दोहो¥याए । ‘मलाई मन नपराउनेहरूका लागि खुसीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ,’ क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा ओलीले भने ।

देशको प्रमुख कार्यकारी आफैँले पटकपटक आफ्नो कार्यकाल यति हो भनेर स्पष्टीकरण स्वाभाविक मान्न सकिन्न । स्थिरता र सुशासन दिने भनेर बनेको सरकारका प्रमुखले लगातार आफ्नो कार्यकाल यति र उति भनेर भनिरहँदा कर्मचारी, प्रहरी प्रशासन वा छिमेकी मित्रहरूले सरकारलाई गर्ने व्यवहारमा असर पन सक्छ ।  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति भारत भ्रमणमा जादै

रवि लामिछाने स्वदेश फर्किंदै

३ घण्टा अगाडि
नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

नेकपा अध्यक्ष केपीद्वारा दुईदिने राष्ट्रिय कार्यशाला उदघाटन

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक