बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मलकाे अभावसँगै जापानी बीउको माग बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मलकाे अभावसँगै जापानी बीउको माग बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मलको अभावसँगै बीउबीजन, किटनासक औषधीको मूल्यले पनि आकास छोएको छ ।

लगानीको अनुपातमा आम्दानी कम भएपछि दिनप्रतिदिन कृषिकर्म गर्नेहरुको संख्या घट्दै गएको छ । बीउ किन्ने किसान स्थानीयभन्दा विकासे बीउको उत्पादन रुचाउन थालेका छन् ।

रामचन्द्र वाग्लेको साढे तीन दशकको समय विभिन्न प्रकारका तरकारी, खाद्यान्न तथा किटनासक औषधिको बेचविखनमा बितेको छ ।

हिमाल, पहाड, तराईदेखि सहरी क्षेत्रमा गरिने कौशी खेतीका लागि पनि वाग्लेले बीउ पुर्‍याउने गर्नुहुन्छ । उहाँको अनुभवमा कृषि सामग्री प्रयोग र लागतमा आकास पातालको फरक आएको छ ।

स्थानीय बीउको प्रयोग दुर्लभ बनेको छ भने उपभोक्ता छिटो र गुणस्तरीय उत्पादनको लोभमा हाईब्रीड बीउको प्रयोग गर्ने गरेका छन् । राम्रो बीउ महंगो पर्ने वाग्ले बताउनुहुन्छ ।

पछिल्लो समय व्यावसायिक खेती गर्नेहरुले आयातीत बीउले प्रयोग बढाएका छन् । नेपालमा अहिले जापानी बीउको माग अत्यधिक रहेको छ । त्योसंगै नेपाली स्थानीय तथा भारतीय बीउको बजार पनि उत्तिक्कै छ । त्यसबाहेक नेपालमा तेस्रो देशबाट पनि बीउ आयात गरिन्छ । त्यस्तै, किटनासक औषधि, कोकोपीट तथा कम्पोस्ट मलको माग पनि नेपालको कृषि क्षेत्रमा रहेको छ । किटनासक औषधि चीन र भारतबाट आयात गरिन्छ ।

त्यस्तै, कोकोपीट भारतीय बजारबाट आयातीत गरीन्छ । समयमा मल नपाउने, बीउको आयातमा पनि अवरोध हुने तथा सरकारले विभिन्न प्रकारका हाईब्रीड बीउमा रोक लगाएका कारण पछिल्ला केही वर्ष यता बीउको व्यापार घटेको व्यापारी जनाउँछन् । त्यसमा पनि समयमा पानी नपर्दा कृषि सामग्री बिक्री घटेको व्यापारी जनाउँछन् । यता, सरकारले कृषि क्षेत्रमा ठूलो अनुदान दिएपनि वास्तविक किसान अनुदानबाट बञ्चित छन् समयमा रासायनिक मल, बीउको अभावले किसानलाई थप निरास बनाएको कृषि व्यवसायी दिपक बस्नेत जनाउनुहुन्छ ।

मुलुकको अर्थतन्त्रमा कृषिको निर्णायक योगदान छ । तर कृषि क्षेत्रमा सरकारको लगानी भने नगन्य छ । स्थानीय उत्पादनले बजार नपाउने, कृषिमा दक्ष प्राविधिकको कमी, स्थानीय उत्पादन भण्डारणको अभावले कृषिक्षेत्र थप चुनौतिपूर्ण बन्दै गएको छ । यस अवस्थामा जीविकामुखीबाट कृषिलाई व्यावसायिक बनाउने तर्फ सोच्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित

रासायनिक मल डीएपीको बिक्री वितरण स्थगित

२ हप्ता अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक