शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालमा एमसीसी कार्यान्वयनमा ढिलासुस्ती : राष्ट्रिय स्वाधीनता र सम्प्रभुत्तामा दीर्घकालीन खतरा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा एमसीसी कार्यान्वयनमा ढिलासुस्ती : राष्ट्रिय स्वाधीनता र सम्प्रभुत्तामा दीर्घकालीन खतरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-रिदेन महर्जन

नेपालमा अमेरिकाद्वारा प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौता लामो समयदेखि राष्ट्रिय बहसको केन्द्रमा रहेको छ । यो सम्झौतामा अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिने र नेपालले १३ करोड अमेरिकी डलर हाल्नुपर्ने कुरा उल्लेख छ । सम्झौताको मुख्य उद्देश्य नेपालको पूर्वाधार विकास, विशेषगरी उच्च भोल्टेजको विद्युत प्रसारण लाइन र सडक मर्मत कार्यलाई प्रोत्साहित गर्नु हो । यद्यपि, सम्झौताका केही प्रावधानहरूले नेपालको संविधान, राष्ट्रिय स्वाधीनता र सम्प्रभुत्तामा चुनौती खडा गरेकाे छ । सम्झौता संसदबाट पारित भए पनि यसको कार्यान्वयन सुस्त रहेको र रोकिएको आभास भइरहेकाे छ । याे सुस्तताले अमेरिकाले ताेेकेकाे समयमा याे परियाेजनाकाे कार्यान्वयन नगरेर लामाे समय नेपालमा अड्डा जमाउने संकेत देखिएकाे छ ।

एमसीसीको विवादास्पद प्रावधान: एमसीसी सम्झौतामा सबैभन्दा विवादास्पद प्रावधान दफा ७.१ हो, जसले नेपालको कानुन र एमसीसी सम्झौताका प्रावधानहरू बीच कुनै विरोधाभास भएमा, एमसीसीका प्रावधानहरूलाई प्राथमिकता दिने उल्लेख गर्दछ । यो प्रावधानले नेपालको कानुन र संविधानको मान्यता मिच्ने प्रयास गरेको भान गराउँछ । नेपालको कानुन, संविधान र सार्वभौमसत्तालाई यसरी चुनौती दिने कुनै पनि सम्झौता कसरी स्वीकार गर्न सकिन्छ भन्ने प्रश्न उठेको छ । साथै, एमसीसी सम्झौताका दफा २७ अनुसार, सम्झौताका कुनै पनि प्रावधानले अमेरिकी ऐन र नीतिका प्रावधानहरूको उल्लंघन गर्नु हुँदैन भन्ने उल्लेख गरिएको छ । यसले अमेरिकाको कानुनी प्रभावलाई नेपालमा थोपर्न खोजिएको देखिन्छ । स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको स्वाभिमान र समानताको मर्ममा यो प्रावधानले चोट पुर्याएकाे छ।

नेपाल विद्युत प्राधिकरणमाथिको प्रभुत्व: एमसीसी सम्झौता अनुसार, नेपाल विद्युत प्राधिकरण (एनईए) को पकड र प्रभुत्व समाप्त गर्ने विभिन्न प्रावधानहरू छन् (एनेक्स III, 6 (एच)) । यी प्रावधानहरूले नेपालको ऊर्जा क्षेत्रलाई बाह्य हस्तक्षेप र नियन्त्रणको जोखिममा पार्न सक्छ । स्वतन्त्र विद्युत नियमन आयोग स्थापना गरिनु उनीहरूकै दवावका कारण हाे । यस परियोजनाबाट नेपालका २० प्रतिशतभन्दा बढी अँध्याराेमा बसेका जनतामा विद्युत सेवा विस्तार हुने छैन । बरु, यो परियोजनाले छिमेकी देश भारतसँगको विद्युत व्यापारलाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको छ । यसले नेपालका दुर्गम क्षेत्रहरूमा विद्युत सेवाको पहुँचमा कमी आउने सम्भावना देखिन्छ । नेपालमा नै विद्युत खपत गर्दा मात्रै नेपालकाे समृद्धि हुने हाे ।

विदेश नीति र राष्ट्रिय स्वाधीनतामा प्रभाव: नेपालले लामो समयदेखि पञ्चशील र असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । एमसीसी सम्झौताले नेपाललाई इण्डो प्यासिफिक रणनीतिको क्याम्पमा सामेल गराउने प्रयास गरेको यसबीचमा सत्तारूढ दलका भूमिकाले प्रष्ट पार्छ । विशेषगरी, एमसीसी सम्झौताका प्रावधानहरूले नेपाललाई चीन विरोधी क्याम्पमा सामेल गराउने षड्यन्त्र भएको भन्दै कतिपय राजनीतिक दल र विश्लेषकहरूले आपत्ति जनाएका छन् । नेपालजस्तो स्वतन्त्र सार्वभौम मुलुकका लागि यो खतरनाक खेल हुन सक्छ । एमसीसीको सुस्त कार्यान्वयन: एमसीसी सम्झौता सन् 2022, February 27 मा संसदबाट पारित भए पनि यसको कार्यान्वयनमा धेरै सुस्ती देखिएको छ । विभिन्न प्राविधिक र राजनीतिक कारण देखाएर सम्झौतामा उल्लेखित परियोजनाहरूमा कुनै खास प्रगति देखिएको छैन । सम्झौता पारित भएदेखि नै यसको कार्यान्वयनमा उत्पन्न भएको सुस्तीले जनमानसमा एमसीसीप्रति शंका र अविश्वासको भावना बढाएको छ । राजनीतिक अस्थिरता, सार्वजनिक विरोध र स्थानीयस्तरमा उत्पन्न भएका विवादहरू यस कार्यान्वयनमा प्रमुख बाधक बनेकाे एमसीएकाे भनाइ छ ।

निष्कर्ष: एमसीसी सम्झौता नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण भनिए पनि याे सामरिक रणनीतिकाे हाे । सम्झौताका विवादास्पद प्रावधानहरूले नेपालको संविधान, कानुन र राष्ट्रिय स्वाधीनतामा गम्भीर चुनौती खडा गरेका छन् । साथै, सम्झौताको कार्यान्वयनमा देखिएको सुस्तीले यसबारे थप शंका उत्पन्न गराएको छ । नेपालको सार्वभौमसत्ता र कानुनी स्वायत्ततालाई चुनौती दिने कुनै पनि सम्झौता राष्ट्रिय हित विपरीत ठहरिन्छ । यसैले, एमसीसी सम्झौताका विवादास्पद प्रावधानहरूलाई राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सम्प्रभुत्ताको सम्मानका आधारमा पुनर्विचार गर्न आवश्यक देखिन्छ । सम्झौताका विवादास्पद पक्षलाई कायम नै राखेर यसकाे निर्माणकाे ढिलासुस्तीले नेपाललाई दीर्घकालीन रूपमा खतरामा लैजान सक्छ ।

यो पनि पढ्नुहोस्

नाटककार रत्न बेहोसीको निधन

नाटककार रत्न बेहोसीको निधन

१० घण्टा अगाडि
कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक