शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यूरोको डाक्टर हुँ भनेर ४० लाख ठगी

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
प्रमाण लोप हुने सम्भावना उच्च भएकाले आरोपितहरुलाई थुनामै राख्नुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको हो । तर एक वर्षसम्म यादवलाई प्रहरीले पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीलाई ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार काठमाडौंकी मायाश्वरीका श्रीमान उद्धवराज पन्त न्यूरोको बिरामी थिए ।

एक वर्षअघि श्रीमानलाई पशुपतिनाथ मन्दिर लैजाँदा मायाश्वरीको भेट सत्येन्द्रसँग भएको थियो । त्यतिबेला उनले आफ्नो नाम सत्येन्द्र अधिकारी बताएका थिए भने स्वास्थ्य मन्त्रालयको सचिवका साथै न्यूरोसम्बन्धी डाक्टर समेत भएको परिचय दिएका थिए ।

डाक्टरले लगाउने एप्रोन र स्वास्थ्य जाँचका सामग्रीसमेत लिएर यादव पन्तको घरमा समेत पुगेका थिए । त्यसपछि उनले उद्धवराजको रोग ठीक पार्न अमेरिका लैजानुपर्ने सल्लाह दिएका थिए । अमेरिका जान बिरामीका साथै कुरुवाको समेत भिसा आफूले मिलाइदिने प्रलोभन मायाश्वरीलाई देखाएका थिए । भिसाका लागि भन्दै सत्येन्द्रले मायाश्वरीबाट पटक पटक गरेर ४० लाख रुपैयाँ लिए । तर त्यसपछि भिसा लगाउनुको साटो उनी सम्पर्कविहीन भएका थिए ।

फोनसमेत गरेर सम्पर्कविहीन भएपछि स्वास्थ्य मन्त्रालय गएर बुझ्दा सत्येन्द्रले नक्कली परिचय दिएर ठगी गरेको मायाश्वरीले थाहा पाएकी थिइन् । पछि सत्येन्द्रले पैसा फिर्ता गर्ने भन्दै ४० लाखको चेक दिएको तर ७ भदौ २०८० मा चेक साट्न जाँदा बैंक खाता पहिल्यै बन्द गरिसकेको जानकारी पाएपछि मायाश्वरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिताको दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ । ठगीको कसुरमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना र ठगी बराबरको बिगो भराउनुका साथै क्षतिपूर्ति समेत दिनुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

२ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक