काठमाडौं । कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने५३ वर्षीया रोजिना खड्कीको घरबाट कोही नभएको अवस्थामा सुनको नेक्लेश १ थान, मोती माला १ थान, सुनको सिक्री ३ थान, सुनको मंगल सुत्र १ थान, सुनको औँठी ४ थान, ल्यापटप १ थान गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

