बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्टाचारमा हदम्यादको कुरा अखिल क्रान्तिकारीलाई मान्य नहुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भ्रष्टाचारमा हदम्यादको कुरा अखिल क्रान्तिकारीलाई मान्य नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरूलाई मान्य नहुने जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनले भ्रष्टाचारीलाई जोगाउने र संरक्षण गर्ने उद्देश्यले हदम्यादको विषय उठाएको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको छ ।

अध्यक्ष पंचा सिंहले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले ल्याउन लागेको हदम्यादको विषय आफूहरूलाई मान्य नहुने जनाएकी हुन् । ‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरू छानबिनको दायरामा आउनै पर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको उनले जनाएकी छन् ।

भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को  प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट सङ्केत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका निकटस्थहरूलाई कानुनी रूपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेद प्रकट गरेको छ । ‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसङ्घीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्रावधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलबाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन र  सुशासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बहुमतको बलमा भ्रष्टाचारी चोख्याउने कानुन र आधार बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयार रहेको उनले जनाएकी छन् ।

यो पनि पढ्नुहोस्

रात्रिकालिन बस सेवा सुरु

रात्रिकालिन बस सेवा सुरु

३२ मिनेट अगाडि
दोस्रो आर्थिक गणना हुँदै

दोस्रो आर्थिक गणना हुँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पहाडी इलाकामा आंशिक बदली

विदेशी मुद्राको विनिमयदर निर्धारण

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक