शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एस पार्टीमा भोलि चुनावी प्रक्रिया थालिने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
उद्योगधन्दा धराशायी हुँदा अर्थतन्त्र सङ्कटग्रस्तः अध्यक्ष नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी छान्न चुनाव गर्ने तयारी गरिएको छ । सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्ने तयारी गरिएको हो ।

एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले सहमति जुट्न नसकेकाले चुनावी प्रक्रियामा जाने तयारी भएको जनाए । “सहमति हुन सकेन । अब पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनावी प्रक्रियामा जाने छलफल भयो,”

निर्वाचन समितिका प्रमुख माधव पौडेलले निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुने जनाए । “सहमतिका लागि प्रयास त भइहाल्छ,” उनी भन्छन्, “छलफल भइरहेको छ । भोलिबाट चुनावी प्रक्रिया सुरु हुन्छ ।”

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।

महाधिवेशनमा नेपाल र भुसालको भिडन्त हुने सम्भावना बढेको थियो । तर, चौतर्फी दबाबपछि भुसाल पछि हटेका थिए । बाँकी १८ पदाधिकारी भने चयन गर्न हुन सकेन । महाधिवेशनले असार २१ गते ९३ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको थियो । त्यसको करिब एक महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो । एकीकृत समाजवादीमा ३४३ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

तर, पनि पार्टीमा असन्तुष्टि कायम नै छ । पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल गर्न आइतबारबाट केन्द्रीय कमिटी बैठक जारी छ । एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । सहमति नजुटे पदाधिकारीमा चुनाव हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका हुन् ।

यो पनि पढ्नुहोस्

लागु औषधको नियन्त्रण जरुरी

लागु औषधको नियन्त्रण जरुरी

३४ मिनेट अगाडि
सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक